इमरानका हजारौँ कार्यकर्ता पुगे इस्लामावाद, सरकारले गुहार्‍यो सेना « Khabarhub

इमरानका हजारौँ कार्यकर्ता पुगे इस्लामावाद, सरकारले गुहार्‍यो सेना


११ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- पाकिस्तानमा राजनीतिक संकट गहिरिँदै गएको छ । इमरान खान नेतृत्वको तहरिक-ए-इन्साफ (पीटीआई) का कार्यकर्ताहरू लाखौंको संख्यामा इस्लामावाद आइपुगेका छन् ।

उनीहरूले पूर्वप्रधानमन्त्रीसमेत रहेका इमरान खानको रिहाईको आवाजलाई जोडदार रुपमा चर्काएका छन् ।

पीटीआईका कार्यकर्ताहरू जेल थुनिएका पूर्वप्रधानमन्त्री खानको रिहाई माग गर्दै तीन दिनदेखि अर्को आन्दोलनमा होमिएका हुन् ।

सोमबार मात्रै पीटीआईका कार्यकर्ताको लस्कर इस्लामाबादको सीमाक्षेत्रमा पुगिसकेको छ । प्रदर्शनकारीलाई रोक्नका लागि सुरक्षाको कडा व्यवस्था गरिएको छ ।

प्रदर्शनकारीहरूको लक्ष्य इस्लामाबादको डी-चोकमा जम्मा हुनु रहेको छ ।

इस्लामाबाद प्रशासनले पाकिस्तानको संविधानको अनुच्छेद २४५ अन्तर्गत कानुनी व्यवस्था कायम गर्न सेनालाई बोलाएको छ ।

यस कुराको पुष्टि इस्लामाबादका उप-कमीश्नर इरफान मेमनले बीबीसीसँग गरेका छन् ।

यसै वर्ष जनवरीमा इस्लामाबादको एक अदालतले इमरान खान र उनकी श्रीमतीलाई तोशाखाना मामिलामा १४ वर्षको जेल सजाय सुनाएको छ ।

यसका अलाव इमरानलाई २० लाख पाकिस्तानी रुपैयाँ जरिवाना पनि गराइएको थियो। पाकिस्तानमा यसैवर्ष भएको चुनावअघि पीटीआईलाई प्रतिबन्ध गरिएको थियो।

तर पीटीआईले आफ्नो समर्थनमा देशभर स्वतन्त्र उम्मेदवार खडा गर्दा ९३ सीटमा जित निकालेको थियो। यसका बावजुद पाकिस्तानमा इमरानको जेल बसाई लम्बिएको छ ।

प्रकाशित मिति : ११ मंसिर २०८१, मंगलबार  २ : २० बजे

दमकमा तीन सवारी एकापसमा ठोक्किँदा साइकलयात्रीको मृत्यु

भद्रपुर– झापाको दमकमा कार, मोटरसाइकल र साइकल एकापसमा ठोक्किँदा साइकलयात्रीको

सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल (तस्बिरहरू)

काठमाडौं– सम्पत्ति शुद्धीकरणको मुद्दामा विशेष अदालतबाट साधारण तारेखमा छुटेका नेकपा

नेपालको चौथो विकेट पतन, १० बलमा चार रन जोडेका डा. पाण्डे आउट

काठमाडौं- आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेदरल्याण्ड्सविरुद्ध नेपालले चौथो विकेट

स्वर्णिम वाग्ले भन्छन्- करदातालाई दपेटेर होइन, खुसी पारेर कर उठाउनुहोस्

काठमाडौं- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करदातालाई त्रसित बनाएर होइन, सेवा र

‘नेपालको राजनीतिबाट तर्क र विवेक हरायो, संसद् नै अहंकार र गाली गर्ने थलो बन्यो’

काठमाडौं- नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले मुलुकको राजनीतिमा