नेटो र युक्रेनबीच नयाँ रूसी क्षेप्यास्त्र प्रहारका विषयमा वार्ता | Khabarhub Khabarhub

नेटो र युक्रेनबीच नयाँ रूसी क्षेप्यास्त्र प्रहारका विषयमा वार्ता


११ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


360
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – युक्रेन र नेटोका ३२ सदस्य राष्ट्रका राजदूतहरूले गत हप्ता रूसले प्रयोगात्मक हाइपरसोनिक मध्यवर्ती दूरीको क्षेप्यास्त्र प्रहार गरेको विषयमा मंगलबार ब्रसेल्समा भेट वार्ता गरेका छन् ।

रूसले बिहीबार युक्रेनी सहर डिनिप्रोमा आक्रमण गरेको थियो जसलाई राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो नयाँ ओरेसनिक मिसाइलको परीक्षण भएको बताएका थिए । क्रेमलिनका नेताले युक्रेनलाई रूस विरुद्ध आफ्नो हतियार प्रयोग गर्न दिने देशहरूमा सैन्य सुविधाहरूमा आक्रमण गर्न मस्कोलाई अधिकार प्राप्त भएको भएको चेतावनी दिएका छन् ।  

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आक्रमणलाई रूसको मुर्खता भन्दै पछिल्लो लडाइँ र नयाँ खतरालाई सामना गर्न अद्यावधिक हवाई–रक्षा प्रणालीका लागि अपील गरे । नेटो–युक्रेन काउन्सिलको बैठक पछि किभले ठोस र अर्थपूर्ण परिणामहरू प्राप्त गर्ने आशा गरेको छ । यद्यपि नेटोका कूटनीतिज्ञ र अधिकारीहरूले मंगलबारको परामर्शबाट कुनै नतिजाको  खुलासा गरेका छैनन् । 

मस्कोको नयाँ हतियारको तैनातीले नेटोका सहयोगीलाई युक्रेनलाई समर्थन गर्नबाट नरोक्ने वार्ताका सहभागीहरूले जनाएका छन् ।
बैठकले युक्रेनको हालको सुरक्षा अवस्थाबारे छलफल गरी भिडियो लिङ्कमार्फत युक्रेनी अधिकारीहरूबाट ब्रीफिंग समावेश गर्ने नेटोका एक अधिकारीले बताएका छन् ।  

मुख्य नेटो शक्ति संयुक्त राज्य अमेरिकामा डोनाल्ड ट्रम्प पुनः निर्वाचित भएपछि पश्चिमी समर्थनको भविष्यका बारेमा प्रश्नहरू उठिरहेको समयमा युक्रेनलाई  तनाव बढेको छ ।

ट्रम्पले किएभका लागि वासिङ्टनको  सैन्य सहायता कायम राख्नमा शंका व्यक्त गर्दै युद्ध अन्त्य गर्न द्रुत सम्झौताको वाचा गरेका छन् ।  युद्ध मैदानमा युक्रेनका थकित सैनिकहरू देशको पूर्वमा रूसी सेनाको प्रगति रोक्न सङ्घर्ष गरिरहेका छन् ।

नेटो र युक्रेनले सन् २०२३ मा संयुक्त परिषद्को स्थापना गरी किएभलाई उपयुक्त देखिएमा गठबन्धनसँग बैठक बोलाउन अनुमति दिएका थिए । 

प्रकाशित मिति : ११ मंसिर २०८१, मंगलबार  २ : २० बजे

कुमारी बैंकका ग्राहकलाई लुम्बिनी मेडिकल कलेज पाल्पामा २५ प्रतिशतसम्म छुट

काठमाडौं – कुमारी बैंक लिमिटेडका ग्राहकहरूले लुम्बिनी मेडिकल कलेज एण्ड

द्वन्द्वमा ज्यान गुमाएका कार्यकर्ताको परिवार भेटघाटमा प्रचण्ड

काठमाडौं– पश्चिम नेपालमा राजनीतिक दौडाहामा निस्किएका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष

अमेरिकामा अवैध आप्रवासी गिरफ्तार सुरु

काठमाडौं – अमेरिकामा कागजात नभएका आप्रवासीलाई गिरफ्तार गर्ने र फिर्ता

नेपालसँगको सम्बन्ध अब थप सुदृढ : जापानी राजदूत मयडा

काठमाडौं – नेपालका लागि जापानका नवनियुक्त राजदूत मयडा तोरुले आफ्नो

रुपन्देही जिल्ला अदालतमा रवि माथिको थुनछेक बहस  

बुटवल– पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने माथिको थुनछेक बहस