घरको फोहोर सडकमा थुपार्दा कुलेश्वरका कुवेरलाई १० हजार जरिवाना « Khabarhub

घरको फोहोर सडकमा थुपार्दा कुलेश्वरका कुवेरलाई १० हजार जरिवाना


११ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं महानगरपालिकाले घरको फोहोर सडकमा थुपार्ने एकजना व्यक्तिलाई १० हजार रुपैयाँ जरिवाना तिराएको छ ।

घरको फोहोर सडकमा फोहोर फ्याँकेपछि काठमाडौं महानगरपालिका–१४ स्थित कुलेश्वर निवासी कुवेर थापालाई महानगरनले १० हजार जरिवाना गराइएको हो।

महानगरले सोमबार मात्रै सडकमा पानी हालेर हिलो बनाएको भन्दै वडा नम्बर ४ स्थित मानश्री मार्ग निवासी स्वेता शाहलाई पनि २५ हजार रुपैयाँ जरिवाना तिराएको थियो ।

महानगरले सहर सफाइ अभियानलाई तीव्र बनाउँदै जथाभावी फोहोर फ्याँक्ने, मापदण्डविपरीतका संरचना बनाउनेसहितविरुद्ध कारबाही तीव्र पारेको छ।

गत शुक्रबार काठमाडौं महानगरपालिका-१ दरबारमार्गमा फोहोर गरेको भन्दै प्रमुख सत्तारुढ नेकपा एमालेलाईसमेत एक लाख रुपैयाँ जरिवाना तोकिएको थियो ।

तर उक्त जरिवाना एमालेले तिर्न मानेको छैन । सभा गर्दा भएको फोहोर उठाइरहेका बेला मेयर बालेन्द्र साहले योजनावद्ध एमालेको बदना गर्न उक्त कदम चालेकाले जरिवाना नतिर्ने अडानमा एमाले छ ।

प्रकाशित मिति : ११ मंसिर २०८१, मंगलबार  २ : ५० बजे

दुधे बालक काखमा, पैतालाबाट रगत ! निरुताको रहस्यमय अवतारमा ‘सारथि’

काठमाडौं– अभिनेत्री निरुता सिंहलाई दर्शकले यसपटक बिल्कुलै फरक र गम्भीर

आफूमाथिका आरोप झुटा भएको खगेन्द्रको दाबी, भने- छानबिनमा सघाउने छु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् खगेन्द्र सुनारले आफूमाथि

विश्वकप लिग- २ : ओमानविरुद्ध नेपाल ब्याटिङमा

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखला अन्तर्गत अहिले नेपाल र

प्रहरीको ‘स्वाप अपरेसन’ : ९८ जना पक्राउ

काठमाडौं– उपत्यकामा अपराध रोकथाम तथा नियन्त्रणका लागि प्रहरीले सञ्चालन गरेको

सुनचाँदीको मूल्य क्रमशः घट्दै

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य दुई हजार २०० रुपैयाँ