घरको फोहोर सडकमा थुपार्दा कुलेश्वरका कुवेरलाई १० हजार जरिवाना « Khabarhub

घरको फोहोर सडकमा थुपार्दा कुलेश्वरका कुवेरलाई १० हजार जरिवाना


११ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं महानगरपालिकाले घरको फोहोर सडकमा थुपार्ने एकजना व्यक्तिलाई १० हजार रुपैयाँ जरिवाना तिराएको छ ।

घरको फोहोर सडकमा फोहोर फ्याँकेपछि काठमाडौं महानगरपालिका–१४ स्थित कुलेश्वर निवासी कुवेर थापालाई महानगरनले १० हजार जरिवाना गराइएको हो।

महानगरले सोमबार मात्रै सडकमा पानी हालेर हिलो बनाएको भन्दै वडा नम्बर ४ स्थित मानश्री मार्ग निवासी स्वेता शाहलाई पनि २५ हजार रुपैयाँ जरिवाना तिराएको थियो ।

महानगरले सहर सफाइ अभियानलाई तीव्र बनाउँदै जथाभावी फोहोर फ्याँक्ने, मापदण्डविपरीतका संरचना बनाउनेसहितविरुद्ध कारबाही तीव्र पारेको छ।

गत शुक्रबार काठमाडौं महानगरपालिका-१ दरबारमार्गमा फोहोर गरेको भन्दै प्रमुख सत्तारुढ नेकपा एमालेलाईसमेत एक लाख रुपैयाँ जरिवाना तोकिएको थियो ।

तर उक्त जरिवाना एमालेले तिर्न मानेको छैन । सभा गर्दा भएको फोहोर उठाइरहेका बेला मेयर बालेन्द्र साहले योजनावद्ध एमालेको बदना गर्न उक्त कदम चालेकाले जरिवाना नतिर्ने अडानमा एमाले छ ।

प्रकाशित मिति : ११ मंसिर २०८१, मंगलबार  २ : ५० बजे

रवि लामिछाने र बालेन शाहबीच भेटवार्ता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं

देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँः भीम रावल

कञ्चनपुर – नेपाली कम्युनिष्ट पार्टीका नेता डा भीम रावलले राष्ट्रिय

लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार

सिरहा – यहाँको लहान नगरपालिका क्षेत्रमा सुरक्षित खानेपानीको पहुँच विस्तार

क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौता योग्य नहुने इरानको जवाफ

तेहरान – इरानले सोमबार आफ्नो क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक प्रकृतिको भएको