एमाले अध्यक्ष र महासचिवलाई गाली गरेपछि सांसद चौधरी एमालेबाट निलम्बित « Khabarhub

एमाले अध्यक्ष र महासचिवलाई गाली गरेपछि सांसद चौधरी एमालेबाट निलम्बित


११ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (एमाले) जिल्ला कमिटी बाँकेले लुम्बिनी प्रदेशसभा सदस्य दुर्गा चौधरीलाई पार्टीबाट निलम्बन गरेको छ ।

नेता चौधरीले पार्टी अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलसहितको मानहानी गरेको आरोपमा एमालेले उनलाई सबै जिम्मेवारीबाट निलम्बन गरिएको हो ।

एमाले बाँकेका अध्यक्ष निरक गुरुङले एक पत्र जारी गर्दै पार्टीबाट निलम्बन गरिएकोबारेमा चौधरीलाई जानकारी दिएका छन् ।

प्रदेश सभा सदस्य चौधरीले पार्टीलाई हानी नोक्सानी पुर्‍याउने मनसाय राखेको आरोप एमालेले लगाएको छ ।

उनले अध्यक्ष एवम् प्रधानमन्त्री ओली र महासचिव पोखरेलसहितको मानहानी हुने गरी सार्वजनिक रुपमा गालीगलौज गर्ने, समाजिक सञ्जालमा लेख्ने, कार्यकर्तालाई खुइल्याउने र पार्टीविरुद्धमा समाचार लेखाउने जस्ता गतिविधि गरेको पत्रमा उल्लेख गरिएको छ ।

एमालेले चौधरीसँग स्पष्टीकरण पनि सोधेको थियो। तर चौधरीले कमीकमजोरी स्वीकार्नुको साटो साटो उल्टै नेता, कार्यकर्ता र समग्र पार्टीविरुद्ध लिखित जवाफ दिएको जनाइएको छ ।

अध्यक्ष ओली, महासचिव पोखरेल र पार्टीविरुद्ध बोल्दा निलम्बनमा परेका चौधरी बाँके क्षेत्र नम्बर १ (ख) बाट २०७९ मा लुम्बिनी प्रदेश सभा सदस्यमा निर्वाचित सांसद हुन् ।

प्रकाशित मिति : ११ मंसिर २०८१, मंगलबार  ४ : १२ बजे

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका