अब नेपालको प्राथमिकता आर्थिक कूटनीति : परराष्ट्रमन्त्री राणा « Khabarhub

अब नेपालको प्राथमिकता आर्थिक कूटनीति : परराष्ट्रमन्त्री राणा


११ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले आर्थिक कूटनीतिलाई प्राथमिकतामा राखी यसको विस्तार एवं प्रवर्धन गर्न नेपालका नवनियुक्त राजदूत एवं निर्यात व्यवसायीहरुलाई आग्रह गरेकी छन् ।

हालै नियुक्त राजदूतहरू र नेपालका निर्यात व्यवसायीसँग आज परराष्ट्र मन्त्रालयमा भएको अन्तरक्रियामा उनले मुलुकको विकास र राष्ट्रिय समृद्धिको आकांक्षालाई पूरा गर्न परराष्ट्र मन्त्रालयले नीतिगत रूपमै आर्थिक कूटनीतिलाई समग्र कूटनीतिको प्राथमिकतामा राखेको जानकारी दिइन् । त्यसैले अब आर्थिक कूटनीतिको प्रवर्द्धमा लाग्न उनले आग्रह गरिन् ।

‘विविध कारणले नेपाली अर्थतन्त्रले अपेक्षित गति लिन नसकिरहेको वर्तमान अवस्थामा विदेशस्थित सबै नेपाली मिसनहरुले आर्थिक कूटनीति प्रवर्धन गर्नुपर्ने जरुरी देखिएको छ’, उनले भनिन्, ‘आफू रहेका देशबाट नेपालमा लगानी आकर्षित गर्दै यहाँका सम्भावनाहरुलाई उजागर गरी निर्यात प्रवर्धनमा लाग्नुहोला ।’

उनले नियोगमार्फत हुने आर्थिक कूटनीतिका कार्यक्रमलाई प्रभावकारी र परिणाममुखी बनाउन आग्रह गर्दै यसका लागि नियोगमा पर्याप्त स्रोत साधन एवम् जनशक्तिको अभाव रहेकाले यसको वृद्धि गर्नेतर्फ लाग्ने प्रतिबद्धता जनाइन् ।

मन्त्री डा. राणाले परराष्ट्र मन्त्रालयका लागि तत्कालै आवश्यक रहेको थप जनशक्ति परिपूर्ति गर्न हालै संगठन तथा व्यवस्थापन सर्भे गरिएको बताइन् । उनले थपिएको जनशक्तिले परराष्ट्र मन्त्रालय र नियोगको कार्यसम्पादनमा चुस्तता र प्रभावकारिता ल्याउने अपेक्षा गरिएको पनि बताइन् ।

नेपालका निर्यात व्यवसायी एवं उद्यमीले आफ्ना उत्पादनहरुलाई विदेशी बजारमा प्रतिस्पर्धा गर्न सक्नेगरी ‘प्याकेजिङ’ गर्नुपर्ने उनको सुझाव थियो ।

मन्त्री डा. राणाले विदेशी बजारमा नेपाली उत्पादनको विशिष्ट पहिचान रहेकाले माग पनि हुने गरेको भन्दै स्तरीय प्याकेजिङसहित निर्यात गर्न सुझाव दिइन् ।

उनले आफ्ना उत्पादनको निर्यातका क्रममा कुनै समस्या भए नेपाली मिसनका साथै परराष्ट्र मन्त्रालयसँग समन्वय गर्न निर्यातकर्तालाई आग्रह गरेकी छन् ।

प्रकाशित मिति : ११ मंसिर २०८१, मंगलबार  ४ : २० बजे

अवतरणका क्रममा टर्किस एयरलाइन्स जहाजको टायर पड्किँदा आगो निस्कियो, यात्रु सुरक्षित

काठमाडौँ– इस्तानबुलबाट काठमाडौँ आएको टर्किस एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा

‘मूल्य पारदर्शिता सप्ताह’मा महासंघको ऐक्यवद्धता, अनिवार्य मूल्यसूची राख्न व्यवसायीलाई आह्वान

काठमाडौँ– नेपाल उद्योग वाणिज्य महासंघले सरकारद्वारा घोषणा गरिएको ‘मूल्य पारदर्शिता

केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल

प्रिमियर लिग : वेष्ट ह्याम युनाइटेडमाथि आर्सनलको जित

काठमाडौँ– प्रिमियर लिग फुटबलमा आर्सनल विजयी भएको छ । गएराति

स्पेनिस ला लिगा : बार्सिलोनालाई उपाधि, रियल मड्रिड निराश

काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले लगातार दोस्रो तथा समग्रमा