जाडो मौसमलाई लक्षित गर्दै सिजीले ल्यायो नयाँ प्रोडक्ट्स « Khabarhub

जाडो मौसमलाई लक्षित गर्दै सिजीले ल्यायो नयाँ प्रोडक्ट्स


११ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सिजी ब्राण्डले ‘जाडोको पल न्यानो हरपल’ भन्ने नाराका साथ नयाँ विन्टर प्रोडक्ट्स सार्वजनिक गरेको छ ।

कम्पनीले चिसोमा न्यानो गराउन हिटर, थर्मस, गिजर, वाटर डिस्पेन्सर, वासिङ्ग मेसिन, ए.सि. इत्यादि प्रोडक्टहरु सार्वजनिक गरेको हो ।

कम्पनीका अनुसार जाडो मौसममा तातो पानी पिउन सिजी र सिजी मेरिडियाको वाटर डिस्पेन्सर अनि वाटर हिटर छ भने पानी तातो राख्नलाई थर्मस तथा भ्याक्युम फ्ल्याक्स पनि उपलब्ध गराइएको छ । त्यसैगरि ओइल रेडिएटर हिटर, इलेक्ट्रिक हिटर अनि हिटर फ्यानको प्रयोग गरी जाडोमा पनि तातो रहन सहज बनेको छ ।

साथै, मोटरमा १० वर्षको वारेन्टी भएको वासिङ मेसिनले पनि जाडोमा लुगा धुन, अनि धोएको कपडा छिटै सुकाउन मद्दत पुर्‍याउने भएको छ । कम्पनीले आफ्ना विन्टर प्रोडक्ट्स जस्तै : वाटर डिस्पेन्सर, थर्मस, केटल, इलेक्ट्रिक अनि ग्याँस गिजर, रेडिएटर हिटर र ह्यालोजेन हिटरमा १२ महिनाको वारेन्टी दिँदै आएको छ ।

यी सामग्रीहरू सिजी स्टोरमा गएर अथवा घरै बसेर सिजीको वोइबसाइटबाट खरिद गर्न सकिने कम्पनीले जनाएको छ  ।

प्रकाशित मिति : ११ मंसिर २०८१, मंगलबार  ४ : ४३ बजे

शिखर पावर डेभलपमेन्टले ३२ लाख कित्ता आईपिओको लागि पायो स्वीकृति

काठमाडौं– शिखर पावर डेभलपमेन्ट लिमिटेडले ३२ लाख कित्ता प्रारम्भिक सार्वजनिक

टिकटकमा भाइरल हुने भोक बोकेका युवाको कथामा ‘भाइरल गोर्खे’ ट्रेलर

काठमाडौं – माघ १ गते प्रदर्शन मिति तोकिएको फिल्म ‘भाइरल

चीनको अर्थतन्त्र ५ प्रतिशतले बढ्छ : राष्ट्रपति सी

एजेन्सी– चिनियाँ राष्ट्रपति सी जिनपिङले बुधबार चीनको अर्थतन्त्र सन् २०२५

फाइवर इन्ट्रानेटबाट सीसीटिभी क्यामरा जडान 

काठमाडौं– काठमाडौं महानगरपालिकाको वडा नम्बर २६ ले वडाका बालाजु क्षेत्रबाट

‘हामी तीन भाइ’ चैत १३ बाट प्रदर्शनमा आउने

काठमाडौं – मधुसुदन भट्टराई निर्देशित फिल्म ‘हामी तीन भाइ’ आगामी