वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी, तीन जना पक्राउ « Khabarhub

वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी, तीन जना पक्राउ


११ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – वैदेशिक रोजगारीमा आकर्षको तलबको प्रलोभनमा रकम ठगी गरेको अभियोगमा तीन जना पक्राउ परेका छन् । 

विभिन्न देशमा पठाइदिने भनी सर्वसाधारणबाट रकम असुल गरी सम्पर्क विहीन भएका धनुषाको मिथिला नगरपालिका–९ का ४१ वर्षीय रवीन कोइराला, धादिङको सिद्धलेक गाउँपालिका–७ आदमटारका ३६ वर्षीय पदमबहादुर भुजेल र झापा बाह्रदर्शी गाउँपालिका–३का ४१ वर्षीय कार्तिकलाल राजवंशी पक्राउ परेका हुन् ।

रविनले एक लाख, पदमले तीन र कार्तिक सात लाख ७० हजार लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरूलाई काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए।

केवाइसी रूजु गर्ने वालेटका तीन कर्मचारी पक्राउ
सेवाग्राहीको ग्राहक पहिचान फाराम (केवाइसी) रूजु गर्ने वालेटकै  तीन जना कर्मचारी पक्राउ परेका छन् । वालेटको केवाइसी रुजु गर्न ग्राहकले अपलोड गरेका फोटो, नागरिकतालगायत विवरण डाउनलोड गरी आपराधिक गिरोहसँग कमिसन लिई अन्य व्यक्तिहरूको नाममा ५५ वटा खाता सञ्चालन गरेर आर्थिक कारोबारमा संलग्न भएको अभियोगमा उनीहरु पक्राउ परेका हुन् ।

सो अभियोगमा धादिङको ज्वालामुखी गाउँपालिका–५ का २० वर्षीय साहिल श्रेष्ठ, गोरखाको सिरानचोक गाउँपालिका–४ का २२ वर्षीय सविनकुमार कुमाल र रामेछापको उमाकुण्ड गाउँपालिका–२ का २२ वर्षीय सुरेन्द्र बस्नेतलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरूमाथि आपराधिक विश्वासघात गर्न नहुने कसूरमा कारबाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ ।

प्रकाशित मिति : ११ मंसिर २०८१, मंगलबार  ४ : ४२ बजे

जलवायु परिवर्तनले हिउँ चितुवाको बासस्थानमा ह्रास

काठमाडौँ- दुर्लभ हिउँचितुवाको संरक्षणका निम्ति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित २३

विगतका कमीकमजोरी सुधार्दै पार्टीलाई बलियो र एकताबद्ध बनाउछौँ : अजयबाबु

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सहमहामन्त्री अजयबाबु शिवाकोटीले विगतका कमीकमजोरीहरूलाई सुधार

३,१५६ पाउन्डको फर्सीले विश्व कीर्तिमान बनाउने सम्भावना

हाफ मुन बे (क्यालिफोर्निया)- अमेरिकाको रोड आइल्यान्डमा उत्पादित तीन हजार

‘स्टारी नाइट’ को आकाश जुलाई १८८९ को हुन सक्ने

केप क्यानभेरल (फ्लोरिडा)- विश्वप्रसिद्ध चित्रकार भिन्सेन्ट भ्यान गगको चित्र ‘द

स्याङ्जामा सडकबाट स्कुटर खस्दा चालकको मृत्यु

वालिङ (स्याङ्जा)- स्याङ्जाको बिरुवा गाउँपालिका–३ ठाँटीमा स्कुटर सडकबाट खसेर दुर्घटना