रविलाई ल्याइएन काठमाडौं, अब भोलि या पर्सि मात्रै « Khabarhub

रविलाई ल्याइएन काठमाडौं, अब भोलि या पर्सि मात्रै


११ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सहकारी ठगी प्रकरणमा गत कात्तिक ३ गतेदेखि जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिरवि लामिछानेलाई बुधबार या बिहीबार मात्रै काठमाडौं ल्याइने भएको छ।

उनलाई काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी संस्थाको बचत हिनामिना प्रकरणमा बयानका लागि मंगलबार नै काठमाडौं ल्याउने तयारी थियो । तर प्रहरीले अब बुधबार या बिहीबार मात्रै काठमाडौं ल्याउने भएको छ ।

रास्वपाका नेता दीपक बोहोराले लामिछानेलाई बुधबार साँझ या बिहीबार बिहानमात्रै काठमाडौं पठाउने जानकारी प्रहरीबाट मिलेको बताएका छन् । ‘कास्की प्रहरीले रवि दाइलाई भोलि साँझ वा पर्सि बिहान मात्रै काठमाडौं पठाउने भएको छ’, उनले भनेका छन् ।

उनलाई मंगलबार बिहान साढे ८ बजे बुद्ध एयरको जहाजबाट काठमाडौं ल्याउन लागिएको थियो । तर मौसम खराबीसहितका कारण देखाउँदै उनलाई प्रहरीले पोखरामै राखेको हो ।

कास्की जिल्ला अदालतले गत आइतबार थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएपछि उनलाई काठमाडौं ल्याउन लागिएको थियो ।

काठमाडौंमा ल्याएपछि बयान गराएर फेरि पोखरामै फर्काउने तयारी छ। त्यसपछि उनलाई चितवनस्थित सहकार बचत तथा सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा बयान गराउन लगिनेछ ।

यसअघि उनले बुटवलको सुप्रिम सहकारी बचत अपचलनको आरोपमा रुपन्देहीमै बयान दिइसकेका छन् । गत कात्तिक २ गते नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले लामिछानेलाई काठमाडौंको वनस्थलीस्थित रास्वपा केन्द्रीय कार्यालयबाट पक्राउ गरेको थियो ।

लामिछानेमाथि सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : ११ मंसिर २०८१, मंगलबार  ६ : ०७ बजे

कांग्रेस महाधिवेशनमा ३० स्वास्थ्यकर्मी सहितको हेल्थ डेस्क, दुई एम्बुलेन्स मैदानमै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ३० जना स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क

कृषि उद्यशिलताका लागि वैदेशिक रोजगारीबाट फर्केका युवालाई उच्च प्राथमिकता

काठमाडौँ– उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले

काठमाडौँ महानगरले अब हुलाकबाट चिठ्ठी पठाउने, गोश्वारा हुलाकसँग सम्झौता

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले विभिन्न निकायसँग हुने पत्र व्यवहारलाई हुलाक मार्फत

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही सडक

झापा– पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने

संसदमा नयाँ भवन ऐन दर्ता : विपन्न नागरिकलाई ७५ हजारसम्म आवास अनुदान प्रस्ताव

काठमाडौँ– पूर्वाधार विकास मन्त्रालयले गरिब तथा विपन्न नागरिकको आवास सुनिश्चित