बडेमानका कन्टेनर नाघ्दै इस्लामावाद छिरे इमरानका समर्थक (तस्बिरहरू) | Khabarhub Khabarhub

पाकिस्तानमा तनाव

बडेमानका कन्टेनर नाघ्दै इस्लामावाद छिरे इमरानका समर्थक (तस्बिरहरू)


११ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


342
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- तीन दिनदेखि देशभरबाट भेला भएका इमरान खानका समर्थक अन्तत: राजधानी इस्लामावादको मुख्य चोकमा पुगेका छन् ।

पूर्वप्रधानमन्त्री इमरान खान नेतृत्वको तहरिक-ए-इन्साफ (पीटीआई)ले गरेको प्रदर्शनका क्रममा करिब दर्जनको ज्यान गइसकेपछि सरकारी अवरोध छिचोल्दै समर्थकहरू राजधानीको मुख्य चोकमा छिरेका हुन् ।

पाकिस्तान गृहमन्त्री मोशिन नक्बीले सोमबार सम्बोधन गरेको इस्लामावादस्थित डी-चोकमा इमरानका समर्थक पुगेका हुन् ।

पाकिस्तानी अनला इन डनका अनुसार सोमबार भएको प्रदर्शनले हिंश्रक रुप लिँदा ज्यान गुमाउनेमा तीनजना सेनाका रेन्जर, दुईजना प्रहरी जवान र दुईजना प्रदर्शनकारी थिए ।

पाकिस्तानी सरकारले इमरानका समर्थकलाई इस्लामावादको डी-चोकमा छिर्न नदिन मुख्य नाकाभर कडा नाकाबन्दी गरेको थियो । सडकलाई सुरक्षाकर्मीले त छेकेका थिए नै मालसामान ओसार्ने ठूला ठूला कन्टेनरका डब्बा पनि राजमार्गमा थुपारिएका थिए ।

अग्ला-अग्ला कन्टेनर घरकै आकारमा थुपारिए पनि इमरानका समर्थनकले तिनलाई छिचोल्दै इस्लामावादको मुख्य चोकसम्म पुग्न सफल भएका हुन् । उनीहरूले एक वर्षदेखि जेलमा थुनिएका इमरानलाई कुनै पनि हालतमा रिहा गर्नुपर्ने अडान राखेका छन्।

इमरानका समर्थकको प्रदर्शनका कारण सरकार पनि अत्तालिएको छ । उसले इमरानका समर्थक रोक्न सेनालाई गुहारेको थियो । सडकमा सेना उत्रिए पनि इमरानका समर्थकले आफ्नो लक्ष्य डी-चोकमा मंगलबार अपरान्ह पाइला राखिसकेका छन् ।

सबै तस्बिरहरू : एएफपी

 

प्रकाशित मिति : ११ मंसिर २०८१, मंगलबार  ६ : ४४ बजे

यो वर्ष ५० प्रतिशत घट्यो तरुल उत्पादन

सुनसरी – बराहक्षेत्र नगरपालिकाको प्रकाशपुर, राजाबास र चक्रघट्टीमा यो वर्ष

झापाको बाहुनडाँगीमा तरुल महोत्सव

झापा– माघे सङ्क्रान्तिका अवसरमा झापाको मेचीनगर नगरपालिकाको वडा नम्बर ४

नुवाकोटको तारुकामा आज गोरु जुधाइ प्रतियोगिता

नुवाकोट– माघे सङ्क्रान्ति पर्वका अवसरमा आज नुवाकोटको तारुका, वेत्रावतीलगायत स्थानमा

थारू संस्कृतिको संरक्षण गर्न महोत्सव आयोजना

मोरङ– मोरङको सुन्दरहरैँचा नगरपालिका–४ मा रहेको थारू सांस्कृतिक सङ्ग्रहालयको आयोजनामा

भाषा, संस्कृति, चाडपर्व र परम्परा हाम्रा पहिचान हुन् : राष्ट्रियसभा अध्यक्ष

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय एकता, धार्मिक एवं सामाजिक