एनपीएलका उत्कृष्ट नेपाली खेलाडीलाई कार पुरस्कार « Khabarhub

एनपीएलका उत्कृष्ट नेपाली खेलाडीलाई कार पुरस्कार


११ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


828
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) मा उत्कृष्ट प्रदर्शन गर्ने नेपाली खेलाडीलाई शारडा समूहले कार पुरस्कार दिने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा मंसिर १५ गतेदेखि हुन लागेको एनपीएलमा उत्कृष्ट प्रदर्शन गर्ने नेपाली खेलाडीलाई शारडा समूहले कार प्रदान गर्ने भएको हो ।

मंगलबार पत्रकार सम्मेलन गरेर क्यानले चिनियाँ कार ओमोडाको नेपालस्थित आधिकारिक विक्रेतासँग सम्झौता गरेको हो ।

ओमोडा एन्ड जेईकोले एनपीएलको पहिलो संस्करणमा सह-प्रायोजकका रूपमा क्यानसँग एनपीएलको साझेदारी गरेको छ । एनपीएलको व्यावसायिक अधिकार व्यवस्थापन गरिरहेको ब्रान्ड लजिक र क्यानको संयुक्त पहलमा मंगलबार सम्झौता गरिएको हो ।

त्यहीक्रममा प्रतियोगिताको ‘प्लेयर अफ द सिरिज’ नेपाली खेलाडी घोषित भएमा उक्त खेलाडीले यो विशेष सम्मान पाउने गरी सम्झौता भएको हो ।

विदेशी खेलाडी ‘प्लेयर अफ द सिरिज’ भएमा कारबाहेक अन्य पुरस्कार पाउने छन् । तर नेपाली खेलाडी उत्कृष्ट घोषित भएमा कार पुरस्कार पाउने क्यानले जानकारी दिएको छ ।

क्यानका सचिव र क्रिकेट टीमका पूर्वकप्तान पारस खड्का र ओमोडाको आधिकारिक बिक्रेता एसजीपी आटोमोबाइल्सका निर्देशक गौरव शारडाले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

प्रकाशित मिति : ११ मंसिर २०८१, मंगलबार  ६ : ५६ बजे

आपसी मतभिन्नता र व्यक्तिगत महत्वकांक्षा समाप्त गर्नु जरुरी : शेखर कोइराला

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आपसी मतभिन्नता र

सन् २०२५ : ब्लकबस्टर ‘परान’, दयाहाङको अभिनय रहेका ११ फिल्मको व्यापार विजोग

काठमाडौं – चलचित्र विकास बोर्डका अनुसार सन् २०२५ जनवरी १

अवरुद्ध महेन्द्र राजमार्ग २४ घण्टापछि सञ्चालन

रौतहट– मंङ्गलबार बिहानदेखि अवरुद्ध पूर्वपश्चिम महेन्द्र राजमार्ग २४ घण्टापछि सञ्चालन

तीस बिघामा लगाएको गाँजा प्रहरीबाट फडानी

हेटौँडा– मकवानपुरको राक्सिराङ गाउँपालिका र कैलाश गाउँपालिकामा ३० बिघामा लगाइएको

उम्मेदवारको बन्दसूचीप्रति तोसिमाको कडा टिप्पणी : ‘प्राइमरी भोटिङकै धज्जी उडाइयो’ 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेत्री तोसिमा कार्कीले पार्टीका