एनपीएलका उत्कृष्ट नेपाली खेलाडीलाई कार पुरस्कार « Khabarhub

एनपीएलका उत्कृष्ट नेपाली खेलाडीलाई कार पुरस्कार


११ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


828
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) मा उत्कृष्ट प्रदर्शन गर्ने नेपाली खेलाडीलाई शारडा समूहले कार पुरस्कार दिने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा मंसिर १५ गतेदेखि हुन लागेको एनपीएलमा उत्कृष्ट प्रदर्शन गर्ने नेपाली खेलाडीलाई शारडा समूहले कार प्रदान गर्ने भएको हो ।

मंगलबार पत्रकार सम्मेलन गरेर क्यानले चिनियाँ कार ओमोडाको नेपालस्थित आधिकारिक विक्रेतासँग सम्झौता गरेको हो ।

ओमोडा एन्ड जेईकोले एनपीएलको पहिलो संस्करणमा सह-प्रायोजकका रूपमा क्यानसँग एनपीएलको साझेदारी गरेको छ । एनपीएलको व्यावसायिक अधिकार व्यवस्थापन गरिरहेको ब्रान्ड लजिक र क्यानको संयुक्त पहलमा मंगलबार सम्झौता गरिएको हो ।

त्यहीक्रममा प्रतियोगिताको ‘प्लेयर अफ द सिरिज’ नेपाली खेलाडी घोषित भएमा उक्त खेलाडीले यो विशेष सम्मान पाउने गरी सम्झौता भएको हो ।

विदेशी खेलाडी ‘प्लेयर अफ द सिरिज’ भएमा कारबाहेक अन्य पुरस्कार पाउने छन् । तर नेपाली खेलाडी उत्कृष्ट घोषित भएमा कार पुरस्कार पाउने क्यानले जानकारी दिएको छ ।

क्यानका सचिव र क्रिकेट टीमका पूर्वकप्तान पारस खड्का र ओमोडाको आधिकारिक बिक्रेता एसजीपी आटोमोबाइल्सका निर्देशक गौरव शारडाले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

प्रकाशित मिति : ११ मंसिर २०८१, मंगलबार  ६ : ५६ बजे

सन् २०२६ को चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार ‘अप्टोजेनेटिक्स’ का खोजकर्ताहरूलाई प्रदान गरिने

एजेन्सी– क्यारोलिन्स्का इन्स्टिच्युटको नोबेल एसेम्ब्लीले सन् २०२६ को शरीरक्रियाविज्ञान वा

तयारी पोशाक निर्यात बढाउन नीतिगत र कानुनी सुधारको माग

काठमाडौँ- नेपाल तयारी पोशाक उद्योग संघले तयारी पोशाक क्षेत्रलाई दिगो,

चिनी उद्योगको जग्गामा प्रश्न उठाउनुभन्दा स्वदेशी उत्पादनमा जोड दिऔँ : मन्त्री साह

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपक साहले व्यवसायको वातावरण बनाउन

मुग्लिन-मलेखु सडक धमाधम बन्दै (तस्बिरहरू)

काठमाडौं– मुग्लिन–नागढुंगा सडक आयोजनाअन्तर्गतको पश्चिम खण्ड (मुग्लिन–मलेखु) स्तरोन्नतिको काम धमाधम

प्रदेश प्रमुख भट्टसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रतिवेदन पेस

गण्डकी– गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान