‘कार्साङ’ का नायक जितु कि दयाहाङ ? | Khabarhub Khabarhub

‘कार्साङ’ का नायक जितु कि दयाहाङ ?


११ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


648
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – यम शेर्पाको डेब्यू लेखन तथा निर्देशनमा निर्माण भएको फिल्म ‘कार्साङ’ पुस २६ गते पदर्शनमा आउँदैछ । निर्माण पक्षले क्यारेक्ट पोस्टर सार्वजनिक गर्दै प्रचार थालेको छ ।

फिल्ममा अभिनेता दयाहाङ राई, जितु नेपाल, दिया मास्के र डेब्यू नायिका सिर्जना निङलेखु मुख्य भूमिकामा रहेको बताइएको छ । उनीहरूसहित बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन र सुरवीर पण्डितलगायतको अभिनय छ ।

निर्माण पक्षले अहिलेसम्म तीन पोस्टर सार्वजनिक गरेको छ । पहिलो पटक सार्वजनिक गरिएको पोस्टर दयाहाङ केन्द्रित थियो । दोस्रो पोस्टरमा जितु नेपाल फिचर्ड थिए । उनको ‘लेकली लुक्स’ले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको थियो ।

तेस्रो पोस्टरमा जितु र दिया फिचर्ड छन् । उनीहरू दुवै कुनै गाउँको आगँनमा बसेका छन् । पृष्ठभूमिमा टिनको छाप्रोजस्तो देखिन्छ । दियाले जातो पनिरहेकी छन् । जितु उनीसँग प्रेमभावमा संवाद गरिरहेको जस्तो देखिन्छ ।

निर्वाह गरेको पात्रका कारण जितुले प्रशंसा मात्रै पाएका छैनन्, अर्को आशंका पनि पैदा भएको छ । सार्वजनिक तीन पोस्टरमध्ये दुईमा जितु फिचर्ड छन् । यसले कतै उनी यस फिल्मको नायक त होइनन् भन्ने आशंका पैदा गरेको छ ।

प्रायः प्रचारमा नायक फिचर्ड पोस्टर प्रयोग गर्ने अभ्यास छ । दयाहाङ फिचर्ड पोस्टर कम सार्वजनिक हुनुले यो आशंकलाई थप टेवा पुगेको छ । अर्कोतर्फ जितु लगातार केन्द्रीय कलाकारमा रूपमा फिल्ममा अभिनय गरिरहेका छन् ।

निर्देशक शेर्पा भने एक सातापछि सार्वजनिक हुने टिजरले फिल्मको नायक खुल्ने बताउँछन् । भन्छन्, ‘मेरो लागि दुवैको भूमिका सशक्त छ । टिजरबाट दर्शकको कौतुहलता मेट्ने प्रयास हुनेछ ।’

‘कर्साङ’ शेर्पा समुदायको संस्कृतिमा आधारित कथामा बनेको बताइएको छ । यसको निर्माता र छायाँकार पुरुषोत्तम प्रधान हुन् ।

प्रकाशित मिति : ११ मंसिर २०८१, मंगलबार  ९ : ०२ बजे

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

ट्रम्पलाई अचम्ममा पार्ने लाइबेरियाको विगत

लाइबेरिया खेलकुद जगतमा पहिलो पटक चर्चामा सन् १९९५ मा आएको

बर्सातका कारण सुनसान बने ‘होमस्टे’

बागलुङ– बागलुङमा सबैभन्दा बढी चर्चित छ भकुण्डेको अतिथि सत्कार घरबास