मकैको पिठोको फेसप्याक बनाएर लगाउँदा हुन्छन् यस्ता फाइदा  « Khabarhub

मकैको पिठोको फेसप्याक बनाएर लगाउँदा हुन्छन् यस्ता फाइदा 


११ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


351
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आफ्नो अनुहारलाई चम्किलो बनाउन वा आफ्नो छालालाई बाहिरी रूपमा सफा गर्नु जत्तिकै आन्तरिक रूपमा सफा गर्नु आवश्यक छ ।  यस्तो अवस्थामा हामी हाम्रो छालालाई चम्किलो बनाउन विभिन्न प्रकारका सौन्दर्य प्रसाधन र छाला हेरचाह गर्ने उत्पादनहरू प्रयोग गर्छौँ । तर भान्सा कोठामा राखिएका केही कुराले नै अनुहार चम्किलो र राम्रो देखिन्छ ।

जसमा आज हामी तपाईँलाई मकैको पिठोबाट बनेको फेस प्याक बनाउने तरिका बताउन गइरहेका छौँ। यो उपायले तपाईँको छालालाई गहिरो रूपमा सफा गर्न, कालो धब्बाहरूलाई हल्का बनाउन र अनुहारमा अद्भुत चमक दिन लाभदायक साबित हुनेछ।

मकैको पिठो अनुहारमा लगाउनाले यस्ता फाइदा हुन्छन्

– मकैको पीठोले छालालाई गहिरो रूपमा सफा गर्छ र छालाको मृत कोशिकाहरू हटाउन मद्दत गर्छ

– हाम्रो छालालाई नरम र चम्किलो बनाउँछ ।

– यसबाहेक, मकैको पीठो अनुहारबाट अतिरिक्त तेल शोषण गर्न मद्दत गर्छ ।

– यसमा प्रचुर मात्रामा एन्टी-इन्फ्लेमेटरी गुणहरू, भिटामिन र मिनरल्स छन्, जसले छालालाई पोषण दिन र यसलाई स्वस्थ राख्न मद्दत गर्दछ।

मकैको पिठो फेस प्याक बनाउन चाहिने सामग्रीहरू  

मकैको पीठो २ चम्चा, दही २ चम्चा, मह २ चम्चा, मुलतानी मिट्टी १ चम्चा, गुजल १ चम्चा

यसरी बनाउनुहोस् मकैको पिठोको फेसप्याक

– सबैभन्दा पहिले एउटा कचौरामा मुलतानी मिट्टी र दही हालेर राम्ररी मिलाउनुहोस् र ५ मिनेट भिजाएर छोड्नुहोस् ।

– पाँच मिनेटपछि त्याे प्याकमा मकैको पिठो, गुलाब जल र मह हाल्नुहोस् र राम्ररी चलाउनुहोस् । अब त्यसलाई आफ्नो अनुहारमा लगाउनुहोस् र लगभग १०-१५ मिनेट सुक्न छोड्नुहोस् ।

– समय सकिएपछि, चिसो महसुस भएमा सामान्य वा मनतातो पानीले अनुहार धुनुहोस्। यसको पहिलो प्रयोगमा नै अनुहारमा चम्किलो पना देखिन थाल्छ ।

 अनुहारमा मह लगाउँदाका फाइदा 

यो प्याकमा मह प्रयोग गरिन्छ किनभने मकैको पीठोले अनुहारबाट अतिरिक्त तेल सोस्छ। यस्तो अवस्थामा महले छालालाई आवश्यक चिस्यान प्रदान गर्छ र त्यसलाई मोइस्चराइज राख्छ । यसका साथै अनुहारको चाउरीपन र फाइन लाइनलाई हलुका बनाउन मह लाभदायक हुन्छ । यो प्याकले तपाईँको अनुहार सफा र पोषण गर्न पनि मद्दत गर्नेछ।  –नवभारत टाईम्सबाट साभार 

प्रकाशित मिति : ११ पुस २०८१, बिहीबार  ६ : ०६ बजे

‘शिक्षामा बौद्धिक बहस आवश्यक छ’

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको रूपान्तरणका लागि शिक्षा क्षेत्रमा बौद्धिक बहस

भदौका लागि वाणिज्य बैंकहरूमा मुद्दतीतर्फको औसत ब्याजदर घट्यो

काठमाडौं– नेपालका वाणिज्य बैंकहरूले आगामी भदौ महिनाका लागि मुद्दतीतर्फको नयाँ

भारतीय प्रधानसेनापति सेठ काठमाडौं आउँदै

काठमाडौं– प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा भारतका प्रधानसेनापति धीरज सेठ नेपालको

बस्तीमा आतंक मच्चाएको बाघ पाँच घण्टापछि नियन्त्रण

चितवन– चितवनको राप्ती नगरपालिका–१ डिपार्ट बस्तीमा बाघको आक्रमणबाट एकजना व्यक्ति तथा

इन्डोनेसिया भूकम्प : मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी

लाबुआन बाजो- इन्डोनेसियाको पूर्वी क्षेत्रमा शक्तिशाली भूकम्प गएको भोलिपल्ट आइतबार