मोजाम्बिकमा जेलबाट १५ सय कैदी फरार « Khabarhub

मोजाम्बिकमा जेलबाट १५ सय कैदी फरार


११ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


273
Shares
  • change font
  • change font
  • change font

मोजाम्बिक – मोजाम्बिकमा भइरहेको राजनीतिक अशान्तिको फाइदा लिँदै १५ सय कैदीहरू जेलबाट भागेका छन्। त्यहाँ सम्पन्न निर्वाचनको परिणामलाई लिएर झडप भइरहेको समयमा नै सो आक्रमण भएको हो। प्रहरीले दिएको जानकारी अनुसार सुरक्षा गार्डसँगै भएको भिडन्तमा ३३ जना मारिए भने १५ जना घाइते भए।

भागी सकेका १५० जनालाई भने फेरि पक्रिएको छ। गत अक्टोबरमा भएको निर्वाचनको परिणामको विषयमा त्यहाँ कानुनी लडाइँ चलिरहेको थियो। अदालतले सन् १९७५ देखि सत्ता चलाइरहेको फ्रेलिमो पार्टीले नै जित हात पारेको निर्णय भएपछि धेरै अशान्ति भएको हो।

बुधबार राजधानी मापुटोमा सरकार विरोधी प्रदर्शनकर्ता पुगेका थिए। कैदीले आफूलाई त्यहाँबाट बचाउनका लागि सुरक्षाकर्मीसँग झडप गरेका हुन्।

सत्तारुढ दलका डानियल चापोले अक्टोबरमा भएको निर्वाचनमा जित हात पारेको जनाइएको थियो। सोमबार संवैधानिक अदालतले पनि उनैलाई विजयै घोषणा गरेको हो।

अक्टोबरमा भएको निर्वाचनमा चापोले ७१ प्रतिशत तथा उनका मुख्य प्रतिद्वन्द्वी भेनान्सियो मोन्डलाइनले २० प्रतिशत मत पाएका थिए। अहिले संवैधानिक अदालतले गरेको निर्णय अनुसार चापोले ६५ तथा मोन्डलाइनले २४ प्रतिशत मत पाएका हुन्।

सोमबार सोही घोषणापछि भएको हिंसामा कुल २१ जनाको ज्यान गएको त्यहाँको प्रहरीले जनाएका छन्।

प्रकाशित मिति : ११ पुस २०८१, बिहीबार  ७ : २९ बजे

देश बनाउन कर्मचारीको भूमिका महत्वपूर्ण : सञ्चारमन्त्री खरेल

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री मन्त्री जगदीश खरेलले देश बनाउन

पर्वले मौलिक संस्कृति र परम्परालाई जीवन्त बनाउँछ : उपराष्ट्रपति यादव

काठमाडौ‌– उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नेपालको संविधानले अङ्गिकार गरेको गणतन्त्र,

जसपा नेपालका प्रदीप यादव एमाले प्रवेश, पर्सा- १ बाट टिकट दिने तयारी

पर्सा– पूर्व खानेपानी मन्त्री एवम् जनता समाजवादी पार्टी (जसपा) नेपालका

ल्होसारले समृद्ध मुलुक निर्माणमा ऊर्जा प्रदान गरोस् : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सोनाम ल्होसार पर्वले सबै नेपालीबीचको एकतालाई

मेची भन्सार : ६ महिनामा ७ अर्ब १९ करोडको अलैँची निर्यात

झापा– पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्ष २०८२–०८३ को अर्धवार्षिक अवधिमा