लिपुलेकमा भारत र चीनको सहमतिप्रति अनेरास्ववियूको आपत्ती « Khabarhub

लिपुलेकमा भारत र चीनको सहमतिप्रति अनेरास्ववियूको आपत्ती


११ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


288
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी सङ्गठन अनेरास्ववियूले पछिल्लो समय भारत र चीनले नेपाली भूभाग लिपुलेकलाई तीर्थ यात्रु आवतजावतको केन्द्र बनाउने सहमति गरेको विषयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

अनेरास्ववियूकी अध्यक्ष आरती लामाले आज एक विज्ञप्ति जारी गर्दै  चीनको राजधानी बेइजिङमा भारत र चीनका प्रतिनिधिहरुबीच नेपाली भूभागको उपयोगबारे सहमति हुनु, त्यसबारे नेपाल सरकार बेखबर रहनु र विषय सार्वजनिक भइसक्दा समेत सरकारी तवरबाट कुनै प्रतिक्रिया नआउनु अत्यन्त लज्जास्पद भएको उल्लेख गरेकी छिन् ।

अनेरास्ववियूले छिमेकी मुलुकहरूले मच्चाएको सीमा आतङ्क र हेपाहा प्रवृत्तिविरुद्ध खेद प्रकट गर्दै नेपाल विरुद्धका गतिविधि रोक्न चेतावनी समेत दिएको छ ।

नेपाली भूभागमाथि भइरहेको अत्याचार विरुद्ध यथाशीघ्र आफ्नो धारणा सार्वजनिक गर्न अनेरास्ववियूले सरकार समक्ष अनुरोध समेत गरेको छ ।

प्रकाशित मिति : ११ पुस २०८१, बिहीबार  ९ : ४३ बजे

यामाल चम्किएपछि स्पेनले क्रोएसियालाई ४-१ ले हरायो

काठमाडाैँ – युइएफए नेसन्स लिगअन्तर्गत समूह ‘सी’ को खेलमा स्पेनले

काभ्रे र सिन्धुपाल्चोक जोड्ने पुल ६ वर्षदेखि अलपत्र

काभ्रे– निर्माण व्यवसायीले तोकिएको समयमा काम सम्पन्न नगर्दा काभ्रेपलाञ्चोक र

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल असोज १४ गते बुधबार सन् २०२६ सेप्टेम्बर

बैङ्किङ कसुरमा फरार रहेका एक व्यक्ति पक्राउ

काठमाडौँ– बैङ्किङ कसुर मुद्दामा २२ लाख बराबरको बिगो रहेका एक

इन्द्रजात्राको लिङ्गो ढालियो, गुठी संस्थानद्वारा आठ दिने जात्रा समापनको घोषणा

काठमाडौं – ऐतिहासिक तथा सांस्कृतिक पर्व इन्द्रजात्राको लिङ्गो (इन्द्रध्वज) मंगलबार