स्वास्थ्य सम्मेलन : विदेशिएको जनशक्ति फर्काउन पहल गरिने « Khabarhub

स्वास्थ्य सम्मेलन : विदेशिएको जनशक्ति फर्काउन पहल गरिने


११ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले विदेशिएका जनशक्तिलाई स्वदेश कसरी फर्काउने भन्ने विषय चुनौतीपूर्ण रहेको बताएका छन् ।

आजदेखि सुरु भएको नेपाल स्वास्थ्य सम्मेलनमा उनले विदेशिएका स्वास्थ्य क्षेत्रका जनशक्तिलाई स्वदेश फिर्ता गराउने विषय चुनौतीपूर्ण भए पनि सरकारले दक्ष जनशक्ति फर्काउन पहल गर्ने बताए । विदेशिएका दक्ष जनशक्तिलाई स्वदेश फर्काउन सम्मेलन प्रभावकारी हुने उनले विश्वास व्यक्त गरे।

‘उत्पादन भएका जनशक्तिलाई कसरी टिकाउन सकिन्छ भन्ने चुनौती छँदैछ, त्यसमाथि विदेशिएका जनशक्तिको दक्षता र अनुभवलाई कसरी उपयोग गर्ने र जोड्ने भन्ने चुनौती छ’, मन्त्री पौडेलले भने, ‘यो सम्मेलनमार्फत यसको विकल्प र योजनाका बारेमा छलफल भई निष्कर्ष निस्कन्छ भन्ने विश्वास छ ।’

मन्त्री पौडेलले मुलुकभित्र र बाहिर रहेका नेपालीहरूको साझा उद्देश्य देश बनाउनु रहेकाले यसमा सबैको सहकार्य आवश्यक रहेको बताए।

उनले भने, ‘विदेशमा रहेर पनि स्वास्थ्य क्षेत्रमा योगदान पुर्‍याउनेसँग समन्वय अभावमा समस्या कहाँ छ रु फर्किएर नेपाल आउन के समस्या छ रु उहाँहरूको दक्षतालाई प्रयोग गर्न किन समस्या भयो रु यी विविध समस्याको पहिचान सम्मेलनले गर्ने आशा छ ।’

‘नेपाल स्वास्थ्य सम्मेलन २०२४ः नेपालको स्वास्थ्य सेवाको सुदृढीकरणका लागि प्रवासी नेपालीहरूको संयोजन’ भन्ने नाराका साथ आयोजना गरिएको हो ।

प्रकाशित मिति : ११ पुस २०८१, बिहीबार  १२ : ५५ बजे

‘जनताभन्दा सीडीओ–प्रहरी सरुवामा केन्द्रित हुँदा एमालेले जनमत गुमायो’

काठमाडौं- नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले जनतासँगको सम्बन्ध टाढिएका कारण

कांग्रेसले महाधिवेशन असोजमै, राष्ट्रिय सभागृहको हल बुकिङका लागि पत्र

काठमाडौं- नेपाली कांग्रेसले आगामी १५औँ महाधिवेशनका लागि राष्ट्रिय सभागृहको प्रदर्शनी

ऋषि भन्छन् : ओली नेतृत्वको सरकारले हाम्रा होनहार युवाहरूलाई गोली हानेर हत्या गर्‍यो

काठमाडौं– पत्रकार ऋषि धमलाले जेन-जी आन्दोलनका क्रममा दमन गर्नेहरूमाथि तत्काल कारबाही

नेपाली भूमिमा भारतीय गाउँको नाम लेखिएको बोर्ड, सच्याउन माग

दार्चुला- दार्चुलाको महाकाली नगरपालिका–८ असिगडास्थित नेपाल–भारत जोड्ने मोटरेबल पुलको नेपालतर्फ

‘कार्की साइँला’मा भरियाको भूमिकामा जितु नेपाल

काठमाडौं – कलाकार जितु नेपाल शीर्ष भूमिकामा रहेको फिल्म ‘कार्की