सङ्खुवासभाबाट ३४ करोड बढीको सुन्तला बिक्री « Khabarhub

सङ्खुवासभाबाट ३४ करोड बढीको सुन्तला बिक्री


११ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

किमाथांका- जिल्लामा यो वर्ष रु ३४ करोड बढीको सुन्तला बिक्री भएको छ। सुन्तला उत्पादन बढेसँगै कारोबारमा पनि वृद्धि भएको हो ।

यो वर्षको हालसम्म ३४ करोड ८५ लाखको सुन्तला बिक्री भएको जिल्लास्थित कृषि ज्ञान केन्द्रका प्रमुख छत्र विश्वकर्माले यादवले जानकारी दिए । पछिल्लो केही वर्षयता उत्पादनमा निरन्तर ओरालो लागेकामा यस वर्ष भने वृद्धि भएको उनको भनाइ छ ।

‘यहाँ स्थानीय जातका सुन्तला उत्पादन हुन्छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई सुन्तला जोन लागू भई कृषकलाई प्रोत्साहन कार्यक्रममार्फत सहयोग पुर्‍याएपछि उत्पादन बढ्दै जान थालेको हो । जिल्लामा गत वर्ष १९ करोड ९३ लाख ९१ हजारको सुन्तला बिक्री भएकामा यस वर्षको हालसम्म ३४ करोड बढीको कारोबार भइसकेको छ’, प्रमुख यादवले भने।

यो वर्ष जिल्लामा तीन हजार चार सय ८५ मेट्रिकटन सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । साथै एक सय १५ मेट्रिकटन किवी उत्पादन भएको छ ।

परियोजना कार्यान्वयन भएसँगै किसानलाई प्राविधिक सहयोग हुनुका साथै सुन्तलाका लागि उपयुक्त मौसम भएकाले पनि यसको उत्पादन बढेको प्रमुख यादवले बताए । उनका अनुसार जिल्लाभरि एक हजार एक सय ४८ हेक्टर खेतीयोग्य जमिनमध्ये छ सय २० हेक्टरमा सुन्तला उत्पादन हुने गरेको छ ।

उत्पादन भएको सुन्तला बगानबाट प्रतिकिलो एक सयमा बिक्री भइरहेको छ । सङ्खुवासभाको मादी, खाँदबारी र चैनपुर नगरपालिकामा व्यावसायिक सुन्तला खेती हुने गरेको केन्द्रले जनाएको छ । यहाँ उत्पादित सुन्तला पूर्वी तराईका साथै काठमाडौँसम्म पुग्ने गर्दछ ।

प्रकाशित मिति : ११ पुस २०८१, बिहीबार  १ : ०९ बजे

पीडितले सरकारको अभाव महसुस गर्न नपरोस् : सभामुख अर्याल

धादिङ– सभामुख डोलप्रसाद अर्यालले प्राकृतिक विपद्बाट प्रभावित कुनै पनि नागरिकले

हिमपहिरो विध्वंशको ११ दिनपछि तिब्बतको केरुङ पुगे अन्तर्राष्ट्रिय सञ्चारमाध्यम

काठमाडौं- नेपाल–तिब्बत सीमा क्षेत्रमा हिमनदी फुटेर आएको भीषण बाढीबाट भएको

राक्सिराङमा चेपाङ समुदायको न्वागी पर्व, नयाँ अन्न पितृलाई चढाएर मनाइँदै 

मकवानपुर– मकवानपुरको राक्सिराङ गाउँपालिकामा चेपाङ समुदायको प्रमुख सांस्कृतिक पर्व न्वागी (छोनाम)

कृष्णभीरको भासिएको सडक पूर्ण रूपमा बन्न अझै समय लाग्ने

काठमाडौं– धादिङको बेनीघाट रोराङ गाउँ पालिका ७ पृथ्वी राजमार्गको कृष्णभिरमा

राष्ट्रपतिद्वारा बाढी प्रभावित क्षेत्र नुवाकोटको अवलोकन

नुवाकोट– राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढी प्रभावित क्षेत्र नुवाकोटको अवस्थाबारे