सामूहिक बलात्कारको आरोपमा तीन जना पक्राउ | Khabarhub Khabarhub

सामूहिक बलात्कारको आरोपमा तीन जना पक्राउ


११ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

विराटनगर– मोरङको जहदा गाउँपालिका घर भएकी २२ वर्षीय महिलामाथि सामूहिक बलात्कारको आरोपमा तीन जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय माेरङले बलात्कारको आरोपमा संलग्न तीन जनालाई सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा भारतीय नागरिक अररीया कुशाकट्टा बस्ने महम्द गुलजार, माेरङ कटहरी गाउँपालिका–२ का १९ वर्षीय मोहम्मद रमजान र सोही स्थानका १९ वर्षीय सोनुकुमार साह रहेका छन् ।

कटहरी २ मा हातखुट्टा बाँधेको र मुखमा सल कोचेको अवस्थामा अर्धचेत फेला परेकी महिलाको मंगलबार दिउँसो उद्धार गरेर कोशी अस्पतालमा उपचार भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी वेदप्रकाश जोशीका अनुसार पराल लिन गएकी महिलाले हातखुट्टा बाँधेको अवस्थामा ती महिलालाई भेटेपछि प्रहरीलाई खबर पुगेको थियो ।

स्थानीयको सहयोगमा प्रहरीले महिलाको उद्धार गरी कोशी अस्पताल भर्ना गरेको थियो । महिलाको स्वास्थ्य अवस्था सुधारोन्मुख छ ।  प्रहरीका अनुसार घरबाट बाहिर निस्किएकी महिलालाई तीन जनाको समूहले सिटी सफारीमा राखी कटहरी–२ स्थित बाँस झ्याङमा लागेर हातखुट्टा बाँधेर जबरजस्ती करणी गरेको  खुलेको थियो ।

प्रकाशित मिति : ११ पुस २०८१, बिहीबार  १ : १२ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’