जापान एयरलाइन्समा साइबर आक्रमण « Khabarhub

जापान एयरलाइन्समा साइबर आक्रमण


११ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – जापान एयरलाइन्सले बिहीबार साइबर आक्रमणको रिपोर्ट गरेको छ । एयरलाइन्सले यसबाट घरेलु र अन्तर्राष्ट्रिय उडानहरूमा ढिलाइ भएको तर पछि उक्त कारण पत्ता लगाएर समाधान गरेको बतायो ।

एयरलाइन्सको ब्यागेज चेक–इन प्रणालीमा समस्याहरूले धेरै जापानी विमानस्थलमा एक दर्जनभन्दा बढी उडानमा ढिलाइ भएको तर कुनै सामूहिक रद्द वा ठूलो अवरोध नभएको सार्वजनिक प्रसारक एनएचकेले जनाएको छ।

जापान एयरलाइन्स (जेएएल) अल निप्पन एयरवेज (एएनए) पछिको देशको दोस्रो ठूलो एयरलाइन्स हो ।

‘हामीले समस्याको कारण पत्ता लगायौँ र सम्बोधन गर्यौँ । हामी प्रणाली पुनःस्थापना स्थितिको जाँच गरिरहेका छौँ’, जेएएलले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा एक पोस्टमा भन्यो, ‘आज प्रस्थान गर्ने दुवै घरेलु र अन्तर्राष्ट्रिय उडानको बिक्री स्थगित गरिएको छ । कुनै पनि असुविधाका लागि हामी माफी चाहन्छौँ ।’

यसअघि बिहीबार जेएएलका प्रवक्ताले कम्पनीमाथि साइबर आक्रमण भएको बताएका थिए। स्थानीय समयानुसार बिहीबार बिहान ७ः२४ बजे नेटवर्क अवरोध सुरु भएको जेएएलले विज्ञप्तिमा जनायो ।

प्रकाशित मिति : ११ पुस २०८१, बिहीबार  १ : ४८ बजे

हिउँदयाममा बाँसस्थान फेरिएको मुस्ताङको साङ्ता गाउँ

मुस्ताङ– मुस्ताङ–डोल्पा सडकको सिमाना नजिक एक सानो गाउँ छ ।

अरुण नदीमा रहेको अवैध क्रसर उद्योग सञ्चालनमा रोक

भोजपुर– भोजपुरको अरुण गाउँपालिका–६ लेगुवाघाटमा अवैध रूपमा सञ्चालन हुँदै आएको

कालीगण्डकीको पानी रत्नेचौरमा : ‘एक घर, एक धारा’

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– १ रत्नेचौरमा कालीगण्डकी नदीको पानी तानेर

यसरी बन्छ ‘पेपर पेन्सिल’ (तस्बिरहरू)

पोखरा– पत्रपत्रिका पढेपछि सामान्यतयाः हामी त्यसको पुनः प्रयोग गर्दैनौँ ।

बालबालिकाले पक्की भवनको कक्षा कोठामा बसेर पढ्न पाउँदा…

कालिकोट– श्री जनता आधारभूत विद्यालयका बालबालिकाले बल्ल पक्की भवनका कक्षा