सामान्य अंकले बढ्यो नेप्से, कारोबार कति ? « Khabarhub

सामान्य अंकले बढ्यो नेप्से, कारोबार कति ?


११ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) सामान्य अंकले बढेको छ । आज नेप्से ४.१९ अंकले बढेर २६३०.७१ विन्दुमा पुगेको हो।

आज नेप्से ०.१५ प्रतिशतले बढ्दा ५ अर्ब ३२ करोड ९२ लाख ७४ हजार रुपैयाँ बराबरको २ करोड ९ लाख ७८ हजार ९७९ कित्ता शेयर कारोबार भएको छ । ७० वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १६३ वटा कम्नपीको शेयर मूल्य घटेको छ । ९ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

३१० कम्पनी कारोबारमा आउँदा ६१ हजार ८३९ पटक शेयर किनबेच भएको छ । २ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने ५ वटा कम्पनीको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

१३ वटा समूहमध्ये ४ वटा समूहको शेयर मूल्य बढेको छ भने ९ वटा समूह घटेको छ । सबैभन्दा बढी ट्रेडिङ समूह २.३१ प्रतिशतले बढेर ४ हजार ७१८.८५ विन्दुमा पुगेको छ भने वाणिज्य बैंक समूह १.८१ प्रतिशतले बढेर १४२७.९१ विन्दुमा पुगेको छ ।

त्यस्तै, लगानी समूह ०.२७ प्रतिशतले बढेर ९९.४२ विन्दुमा पुगेको छ भने लघुवित्त समूह ०.१४ प्रतिशतले बढेर ४ हजार ९२२.४७ विन्दुमा पुगेको छ ।  सबैभन्दा बढी फाइनान्स समूह २.७० प्रतिशतले घटेर ३ हजार ७३.२५ विन्दुमा आएको छ भने सबैभन्दा कम उत्पादन तथा प्रशोधन समूह ०.०८ प्रतिशतले घटेर ६ हजार ८१७.८१ विन्दुमा आएको छ ।

साथै, विकास बैंक समूह २.४८ प्रतिशतले, होटेल तथा पर्यटन ०.७८ प्रतिशतले, हाइड्रोपावर १.२८ प्रतिशतले, जिवन बिमा ०.३० प्रतिशतले, म्युचुअल फण्ड ०.२४ प्रतिशतले, निर्जीवन बिमा ०.२६ प्रतिशतले र अन्य समूह ०.१६ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : ११ पुस २०८१, बिहीबार  ३ : २१ बजे

सवारीसाधन दुर्घटनामा एकजनाको मृत्यु

सुनसरी– कोशी गाउँपालिका–८ केराबारीस्थित महेन्द्र राजमार्गमा गए राति सवारीसाधन (पिकअप)

मही प्रवर्द्धन गर्दै गैँडाकोट नगरपालिका

नवलपरासी– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाले स्थानीय उत्पादनको रुपमा रहेको मही

बर्डफ्लु नियन्त्रणका लागि सतर्कता अपनाउन आग्रह

कालीकोट– देशका विभिन्न स्थानमा बर्डफ्लु (एभियन इन्फ्लुएन्जा) सङ्क्रमण पुष्टि भइरहेका

कञ्चनपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

कञ्चनपुर– कञ्चनपुरलाई ‘पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला’ घोषणा गरिएको

सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

कास्की– कास्कीको पोखरा महानगरपालिका- ३३ मा निर्माण सम्पन्न भएको २२ मेगावाट