४१ देशका लागि संसदीय मैत्री समूह गठन | Khabarhub Khabarhub

४१ देशका लागि संसदीय मैत्री समूह गठन


११ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय संसदले विभिन्न ४१ संसदीय मैत्री समूह गठन गरेको छ ।

बिहीबार सिंहदरबारमा सांसद मैत्री समूहको संयुक्त बैठकमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले विभिन्न ४१ देशका लागि संसदीय मैत्री समूहमा रहेका सांसदको नाम पढेर सुनाएका थिए । सो क्रममा सभामुख घिमिरेले तीन वटा संसदीय मैत्री समूहको संयोजक तोक्न बाँकी रहेको जानकारी दिए ।

उनले संसदीय मैत्री समूहका संयोजकहरूले सम्बन्धित देशसँग संसदीय सम्बन्ध बढाउन भूमिका निर्वाह गर्न आग्रह गरे । संसदीय मैत्री समूह गठनमा ढिलाइ भएको भन्दै उनले अब सक्रिय रूपमा अघि बढाउन समेत सुझाव दिए ।

सभामुख घिमिरेले संसदीय मैत्री समूहसम्बन्धी कार्यविधि बनाएर व्यवस्थित गरिने बताए ।

उनले संघीय संसद्का १६ वटा संसदीय समूहलाई व्यवस्थित गर्न नसकेको अवस्थामा संसदीय मैत्री समूहलाई सचिव राखेर व्यवस्थित गर्ने कुरा सम्भव नरहेको बताए ।

नेपाल–अमेरिका संसदीय मैत्री समूहको संयोजकमा कांग्रेस सांसद डा प्रकाशशरण महत रहेका छन् । त्यस्तै अष्ट्रेलियाको संयोजकमा गगन कुमार थापा, फ्रान्सको संयोजकमा विश्व प्रकाश शर्मा, बेलायतको संयोजकमा बिराज भक्त श्रेष्ठ, रुसको संयोजकमा रघुजी पन्त, चीनको संयोजकमा नारायणकाजी श्रेष्ठ रहेका छन् ।

प्रकाशित मिति : ११ पुस २०८१, बिहीबार  ३ : २५ बजे

रवि पक्राउ परेपछि बालेनको सहयोग माग्न पुगेका थिए रास्वपा नेता

काठमाडौं- सहकारी ठगी प्रकरणमा गत कात्तिक २ गते सभापति रवि

‘जबज’ले के भन्छ ? बोल्न दे भन्छ !

काठमाडौं– नेकपा एमालेको बुधबार बसेको सचिवालय बैठकले भीम रावल, विन्दा

पशुपतिनाथमा जलहरी प्रकरण : पुष्टि भएन अख्तियारको दाबी, मुद्दामा ‘पूर्वाग्रह’ साँधिएको निष्कर्ष

काठमाडौं- विशेष अदालतले पशुपतिनाथ मन्दिरको गर्भगृहमा रहेको चाँदीको जलहरी मर्मत

खेल र खेलाडीको विकासमा प्रदेशले सहयोग गर्छ : मुख्यमन्त्री सिंह

जनकपुर– मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुर बोल्टस्का विजयी खेलाडीलाई