ज्येष्ठ नागरिकको योगदान र भूमिकालाई कदर गर्नुपर्छ : मुख्यमन्त्री कँडेल « Khabarhub

ज्येष्ठ नागरिकको योगदान र भूमिकालाई कदर गर्नुपर्छ : मुख्यमन्त्री कँडेल


११ पुस २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले ज्येष्ठ नागरिकहरूको योगदान र भूमिकालाई कदर गर्नुपर्नेमा जोड दिएका छन् ।

‘सभ्य समाजको आधारः ज्येष्ठ नागरिकमैत्री घर परिवार’ भन्ने मूल नाराका साथ वीरेन्द्रनगर नगरपालिका नगर कार्यपालिकाको कार्यालयद्वारा सुर्खेत वीरेन्द्रनगरमा आज आयोजित ‘चौथो राष्ट्रिय ज्येष्ठ नागरिक दिवस–२०८१’ मूल समारोहको उद्घाटन कार्यक्रममा मुख्यमन्त्री कँडेलले जेठो पुस्तालाई सम्मान गर्नुपर्ने बताए। उनले ज्येष्ठ नागरिकप्रति हेर्ने दृष्टिकोण समेत बदल्नुपर्नेमा जोड दिए।

‘ज्येष्ठ नागरिकहरूको योगदानका कारण आजको  समाज सूचना र प्रविधिको यो युगमा आइपुगेको छ’, मुख्यमन्त्री कँडेलले भने, ‘उहाँहरूको सीप, कला र सिर्जनाको पुस्तान्तरण गर्नुका साथै भोगाई तथा अनुभव सुन्न र ग्रहण गर्न आवश्यक छ ।’

यो धर्तीमा जन्मने हरेकले ज्येष्ठ हुनै पर्ने अवस्थालाई हृदयगम गरी ज्येष्ठ नागरिकहरूको योगदान र भूमिकालाई आजका दिनमा कदर गर्नुपर्नेमा उनले जोड दिए ।

वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले ज्येष्ठ नागरिकका लागि सरकारले अभिभावकीय भूमिका खेल्नुपर्ने बताए। उनीहरूको कदर, सम्मान र हौसलाका लागि पालिकाले ‘चौथो राष्ट्रिय ज्येष्ठ नागरिक दिवस’ मनाउन सहयोग गरेको उनले उल्लेख गरे।

महिला ज्येष्ठ नागरिक ९६ वर्षीया रामकली थारूले सरकारले गरेको ज्येष्ठ नागरिकलाई सम्मान गर्दै राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउने कामले सकारात्मक हौसला प्रदान गरेको र युले आयु बढ्ने काममा सहयोग पुर्‍याएको बताए।

पुरुष ज्येष्ठ नागरिक ९६ वर्षीय भक्तबहादुर गुरुङले ज्येष्ठ नागरिकप्रति परिवारले गर्ने व्यवहारका बारेमा यस्ता कार्यक्रमले सही सन्देश दिनुपर्नेमा जोड दिए । त्यस्तै, ९१ वर्षीय श्रीप्रसाद ढकालले सरकारले ज्येष्ठ नागरिकलाई सम्मान गरेर हौसला बढाएको प्रतिक्रिया दिए ।

उक्त कार्यक्रममा ज्येष्ठ नागरिकका क्षेत्रमा काम गर्ने वीरेन्द्रनगर नगरपालिका–८ सुर्खेतका वडाध्यक्ष टीकाराम शर्मालाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : ११ पुस २०८१, बिहिबार  ६ : २५ बजे

फेरिएको गद्दी, नफेरिएको बुद्धि

चन्द्रशमशेरको सेखपछि भीमशमशेरले आफूलाई प्रधानमन्त्री तथा श्री ३ महाराज घोषणा

किसानलाई धान भित्र्याउन भ्याइनभ्याई

राँझा– मौसम पूर्वानुमान महाशाखाले पानी पर्ने प्रक्षेपण गरेसँगै बाँकेका किसानलाई यतिबेला

सम्भावित भारी वर्षालाई ध्यानमा राख्दै स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन निर्देशन

काठमाडौं– स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कता अपनाउँदै पूर्वतयारी तथा प्रतिकार्यका काम प्रभावकारी

दसैँपछि जिल्ला प्रशासन कार्यालय गुल्मीमा सेवाग्राहीको भीड

गुल्मी– बडादसैँको बिदा सकिएलगत्तै जिल्ला प्रशासन कार्यालय गुल्मीमा सेवाग्राहीको चाप

बागमती प्रदेशमा दुर्घटना घट्यो

चितवन– बागमती प्रदेशका १० जिल्लामा विजयादशमीका समयमा सवारी दुर्घटना घटेको