‘१० अर्बको एनआरएनए डेभलपमेन्ट फण्ड कार्यान्वयन अन्तिम चरणमा’ « Khabarhub

‘१० अर्बको एनआरएनए डेभलपमेन्ट फण्ड कार्यान्वयन अन्तिम चरणमा’


११ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीले नेपालमा गैरआवासीय नेपालीले साधरण सेयर (आइपीओ) बाटै लगानी गर्न सक्नेगरी १० अर्ब रुपैयाँ बराबरको एनआरएनए डेभलपमेन्ट फण्ड कार्यन्वयन हुने अन्तिम अवस्थामा पुगेको बताएका छन्‌ ।

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्ले आयोजना गरेको एनआरएन दिवस र वार्षिक साधारणसभाको ‘नेपालमा आर्थिक रूपान्तरका लागि पूर्वाधार निर्माण’ सत्रमा सम्बोधन गर्दै केसीले विदेशमा बस्ने नेपालीले वैधानिक लगानी कसरी गर्न सकिन्छ भन्ने खोजीमा एनआरएनए फण्ड स्थापना भएको बताए ।

उनले नेपाल धितोपत्र बोर्डले निर्देशिका जारी गरेसँगै लगानी भित्राउन बाटो खुल्ने बताए । ‘विदेशबाट नेपालीले लुकेरै लगानी गर्नुपर्ने अवस्था हुँदा फण्डको परिकल्पना गरिएको हो,’ अध्यक्ष केसीले भने, ‘पछिल्लो ६ महिनामा नेपाल धितोपत्र बोर्ड, नेपाल राष्ट्र बैंकको सहजिकरणमा केही दिनमै कार्यन्वयनमा आउने अवस्था छ ।’

एनआरएनए ग्लोबल कन्क्लेभमा सम्बोधन गर्दै नेपाल धितोपत्र बोर्डका कार्यवाहक अध्यक्ष महेश बरालले नेपालको पुँजीबजारमा गैरआवासीय लगानी भित्राउने तयारी गरेको बताए । १० अर्ब रुपैयाँको फण्ड सञ्चालन मोडालिटी सफल हुँदा गैरआवासीय सँघसँगै नेपाल सरकारका लागि पाठ हुने उनले बताए ।

उनले भने, ‘१० अर्ब रुपैयाँको फण्ड कार्यान्वयन गर्ने प्रक्रिया सन्‌ २०२२ बाट तीव्र गतिमा अघि बढेको थियो, सबै सरकारी निकायको सुझाव समेटेर निर्देशिका नेपाल राष्ट्र बैंकमा सहमतिका लागि पठाइएको छ ।’

नेपाल राष्ट्र बैंकले सहमति दिएको एक हप्ताभित्रै निर्देशिका जारी गर्न सक्ने बताउँदै छठ लगत्तै कार्यन्वयनमा आउने बरालले बताए । उनले पाँच अर्ब संस्थापक लगानीकर्ताबाट उठाएर पाँच अर्ब रुपैयाँ गैरआवासीय सर्वसाधरण उठाउँदा सफलता हासिल गर्न सकिने बताए ।

गैरआवासीय फण्ड स्थापना सन् २००५ मा स–साना लगानी भित्राउने कन्सेप्ट शुरु भएको थियो । २०१९ मा मात्रै सरकारसँग सम्झौता भएको थियो ।

प्रकाशित मिति : ११ कार्तिक २०८१, आइतबार  ६ : ५३ बजे

अन्नपूर्ण पदमार्गमा पर्यटकको आगमन बढ्दै

लमजुङ– बाढीपहिरो र हिमपातका कारण प्रभावित बनेको अन्नपूर्ण चक्रीय पदमार्गमा

चार देशमा प्रस्तावित राजदूतको संसदीय सुनुवाइ हुँदै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेको संसदीय सुनुवाइ समितिको बैठक आज

विश्वासको शिर कहिल्यै झुक्ने छैन : कांग्रेस उपसभापति भण्डारी

काठमाडौंँ– नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति डा. चन्द्रकान्त भण्डारीले आफूलाई विश्वास

कांग्रेस सहमहामन्त्रीमा खतिवडा र सिवाकोटी अगाडि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री खुलातर्फको मतगणना जारी रहेको

तनहुँको आँबुखैरेनीमा ४५ रोपनी क्षेत्रफलमा सयपत्री फूलखेती

तनहुँ– दसैँको रौनकसँगै तनहुँको आँबुखैरेनी गाउँपालिका–१ स्थित आँधीमूल यानचोकका बारी