नेपाली कांग्रेसको ‘समुदायमा कांग्रेस’ अभियान आजदेखि सुरु हुँदै « Khabarhub

नेपाली कांग्रेसको ‘समुदायमा कांग्रेस’ अभियान आजदेखि सुरु हुँदै


१३ माघ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसले मुलुकका सबै जिल्लामा आजदेखि ‘समुदायमा कांग्रेस’ अभियान सुरु गर्दैछ । । माघ २६ गतेसम्म चल्ने अभियानमा सांगठनिक सुदृढीकरण, नागरिकका समस्याको पहिचान लगायतका कार्यक्रम हुनेछन् ।

कांग्रेसले अभियान अन्तर्गत ‘समुदायमा जाऔँ, जनाताका कुरा सुनौँ’ नारा तय गरेको छ ।

अभियानका क्रममा स्थानीय तहमा सेवा प्रवाह, विकास निर्माण र समुदायमा भएका राम्रा अभ्यास बारे जानकारी लिने काङ्ग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।
उनका अनुसार अभियानका क्रममा आसन ग्रहण तथा मन्तव्यका कार्यक्रम हुने छैनन् । यसमा जनस्तरका गुनासा र सुझाव संकलन गरिने छ ।

अभियान समन्वयका लागि कांग्रेसले केन्द्रीय प्रतिनिधिहरूलाई जिल्ला जिल्लामा खटाएको छ ।

कांग्रेसले सांगठनिक सुदृढीकरणको लक्ष्यसहित अभियानलाई वार्षिक कार्यतालिकामा नै समावेश गरेको  छ ।

कांग्रेसले आगामी फागुन ७ गते नीति अधिवेशन डाकेको छ ।

प्रकाशित मिति : १३ माघ २०८०, शनिबार  ७ : ३८ बजे

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का

दाङमा सराय नाचको रौनक सुरु

घोराही (दाङ)- दाङमा यस वर्षदेखि सराय नाच मेलाको सुरुआत गरिएको

दसैँ मनाउन बाहिरिएकाहरु धमाधम काठमाडौं फर्किँदै

काठमाडौं- दसैँ मनाउन काठमाडौँ उपत्यकाबाट बाहिरिएका यात्रुहरू धमाधम फर्किन थालेका

एनपीएलका लागि पाकिस्तानी कप्तान फरहान नेपालमा

काठमाडौं- कर्णाली याक्समा अनुबन्ध भएका पाकिस्तान टी–२० टिमका कप्तान साहबजादा