‘बिकिनी’ लगाएर स्क्रिनमा देखिने पहिलो भारतीय नायिका 'मिनाक्षी’ | Khabarhub Khabarhub

‘बिकिनी’ लगाएर स्क्रिनमा देखिने पहिलो भारतीय नायिका ‘मिनाक्षी’


१३ माघ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नायिकाले बिकिनी लगाएको फोटो सार्वजनिक हुँदा आजको युगमा पनि निकै चर्चा हुन्छ । अझै पनि बिकिनी फोटो सुट गराउँदा नायिकलाई विकृति फैलाएको आरोप लाग्छ ।

कलिउडमा मात्र होइन बलिउडमा बिकिनी लगाएको फोटोको खुबै चर्चा हुने गर्छ । तर समयसँगै दुवैतिर सामान्य बन्दै छ । बलिउडमा भने सन् १९३८ मै बिकिनीको अभ्यास भएको थियो ।

स्क्रिनमा बिकिनी लगाउने पहिलो भारतीय नायिका हुन्– मिनाक्षी शिरोडकर । उनी नायिका शिल्पा र नम्रता शिरोडकरकी हजुरआमा हुन् । मिनाक्षी सन् १९३८ मा प्रदर्शनमा आएको फिल्म ‘ब्रह्मचारी’मा बिकिनीमा देखिएकी थिइन् ।

सो फिल्मको यमुना जाली खेलु खेल’ गीतमा मिनाक्षीले मास्टर विनायकलाई शारीरिकरुपमा आकर्षण गर्नका लागि बिकिनी लगाएकी हुन्छिन् । उनको यो कदमले दर्शकहरु आश्चर्यमा परेका थिए । किनभने यसभन्दा पहिले दर्शकले कुनै फिल्ममा यस्तो दृश्य देखेका थिएनन् ।

‘ब्रह्मचारी’ मिनाक्षीको डेब्यू फिल्म थियो । बिकिनीकै कारण उनको चर्चा चुलियो र स्थापित नायिका बनिन् ।

‘ब्रह्मचारी’ फिल्म विनायकको निर्देशनमा बनेको थियो । उनी स्वयं नै नायक थिए । विनायकमिनाक्षीको जोडी त्यसबेलाको खुबै हिट बनेको थियो ।

प्रकाशित मिति : १३ माघ २०८०, शनिबार  ७ : ४५ बजे

६ किलोग्राम चरेशसहित एकजना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले छ किलोग्राम चरेशसहित एक जनालाई पक्राउ

रेस्लिङ सुपरस्टार हल्क होगनको निधन

काठमाडौं – रेस्लिङ सुपरस्टार हल्क होगनको निधन भएको छ ।

तराईमा खडेरी : तत्काल वैकल्पिक व्यवस्था गर्न माग

काठमाडौं – विभिन्न राजनीतिक दलका नेताहरुले मधेस प्रदेशका आठ जिल्लामा

साम्बालाई मर्स्याङ्दी गाउँपालिकाको सम्मान

लमजुङ – नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान तथा फरवार्ड

बाजुराकी पवित्राले बाटोमै जन्माइन् तेस्रो सन्तान

धनगढी – बाजुराको बुढीगंगा नगरपालिका ७ झालीकी पवित्रा ल्वारले बाटोमै