कोशीको घातले गठबन्धनमा फेरबदल हुँदैन : माओवादी « Khabarhub

कोशीको घातले गठबन्धनमा फेरबदल हुँदैन : माओवादी


१३ माघ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रले कोशी प्रदेशमा भएको राष्ट्रियसभा निर्वाचनको घातले केन्द्रीय गठबन्धनमा कुनै फेरबदल नहुने बताएको छ ।

बिहीवार भएको राष्ट्रियसभा निर्वाचनबारे प्रदेश र केन्द्रमा आन्तरिक छलफल गरेको माओवादीले केन्द्रीय गठबन्धनमा फेरबदल नहुने अनौपचारिक निर्णय गरेको हो ।

माओवादीका एक पदाधिकारीले खबरहबलाई भने, ‘कोशी बाहेक ६ वटा प्रदेशमा गठबन्धन सफल भएको छ । कोशीको विषयमा गम्भीर छलफल तथा गठबन्धनको निर्णय विपरित जानेलाई काङ्ग्रेसले कारबाही गर्नुपर्छ । तर यो घटनाले तत्काल केन्द्रीय गठबन्धनलाई फेरबदल गर्दैन । कोशीको गठबन्धनमा  भने गम्भीर घात भएको छ ।’

शुक्रबार कोशी प्रदेशमा माओवादी प्रदेश कमिटीको बैठक बसेको थियो भने केन्द्रमा पनि माओवादीले अनौपचारिक छलफल गरेको थियोे

यस्तै, काङ्ग्रेस केन्द्रीय समिति र कोशी प्रदेश समितिले पनि आन्तरिक छलफल गरेका थिए ।

कोशी प्रदेशमा गठबन्धनबाट माओवादी केन्द्रको महिलातर्फकी उम्मेदवार चम्पादेवी कार्कीलाई हराउँदै एमाले उम्मेदवार रुक्मिणी कोइराला अप्रत्याशित रूपमा विजयी भएकी थिइन् ।

गठबन्धनको स्पष्ट बहुमत हुँदाहुँदै कांग्रेसका केही जनप्रतिनिधिले माओवादीलाई भोट नदिई एमालेलाई सघाउँदा कार्की पराजित भएकी थिइन् ।

कांग्रेस नेता कृष्णप्रसाद सिटौला भने हल्का ‘क्रस भोटिङ’ का बाबजुद कोशी प्रदेशको अन्य समुहबाट राष्ट्रियसभामा पुग्न सफल भए ।

कोशीमा एमालेकी रुक्मिणी कोइरालाले ५ हजार ८६ मतभार ल्याउँदा गठबन्धन उम्मेदवार चम्पादेवी कार्कीले ४ हजार ९ सय २२ मत पाइन् ।

यहाँ स्थानीय तहमा एमालेका ११२ र राप्रपाका चार गरी ११६ मत एमालेको पक्षमा थियो । तर १५ स्थानीय तहका जनप्रतिनिधिले भोट क्रस गरेपछि एमाले विजयी भएको हो ।

प्रकाशित मिति : १३ माघ २०८०, शनिबार  ८ : ३१ बजे

बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका पूर्वपदाधिकारी पक्राउ

काठमाडौं – नेपाल प्रहरीले बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका

सात वटै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्दै भरतपुर अस्पताल

चितवन – बिरामीको चाप उच्च भएपछि भरतपुर अस्पतालले जिल्लाका सात

रास्वपा सांसद बमको चेतावनी : धैर्यताको परिक्षा लिने कुचेष्टा नगर्नू

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद पुकार बमले सामाजिक

लागुऔषधसहित विभिन्न स्थानबाट २२ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित देशका विभिन्न स्थानबाट २३ जना

डिएसपी चौधरीलाई जिल्ला तानिएको होइन : प्रवक्ता काफ्ले

काठमाडौं – नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेले प्रहरी नायव उपरीक्षक