कोशीको घातले गठबन्धनमा फेरबदल हुँदैन : माओवादी « Khabarhub

कोशीको घातले गठबन्धनमा फेरबदल हुँदैन : माओवादी


१३ माघ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रले कोशी प्रदेशमा भएको राष्ट्रियसभा निर्वाचनको घातले केन्द्रीय गठबन्धनमा कुनै फेरबदल नहुने बताएको छ ।

बिहीवार भएको राष्ट्रियसभा निर्वाचनबारे प्रदेश र केन्द्रमा आन्तरिक छलफल गरेको माओवादीले केन्द्रीय गठबन्धनमा फेरबदल नहुने अनौपचारिक निर्णय गरेको हो ।

माओवादीका एक पदाधिकारीले खबरहबलाई भने, ‘कोशी बाहेक ६ वटा प्रदेशमा गठबन्धन सफल भएको छ । कोशीको विषयमा गम्भीर छलफल तथा गठबन्धनको निर्णय विपरित जानेलाई काङ्ग्रेसले कारबाही गर्नुपर्छ । तर यो घटनाले तत्काल केन्द्रीय गठबन्धनलाई फेरबदल गर्दैन । कोशीको गठबन्धनमा  भने गम्भीर घात भएको छ ।’

शुक्रबार कोशी प्रदेशमा माओवादी प्रदेश कमिटीको बैठक बसेको थियो भने केन्द्रमा पनि माओवादीले अनौपचारिक छलफल गरेको थियोे ।

यस्तै, काङ्ग्रेस केन्द्रीय समिति र कोशी प्रदेश समितिले पनि आन्तरिक छलफल गरेका थिए ।

कोशी प्रदेशमा गठबन्धनबाट माओवादी केन्द्रको महिलातर्फकी उम्मेदवार चम्पादेवी कार्कीलाई हराउँदै एमाले उम्मेदवार रुक्मिणी कोइराला अप्रत्याशित रूपमा विजयी भएकी थिइन् ।

गठबन्धनको स्पष्ट बहुमत हुँदाहुँदै कांग्रेसका केही जनप्रतिनिधिले माओवादीलाई भोट नदिई एमालेलाई सघाउँदा कार्की पराजित भएकी थिइन् ।

कांग्रेस नेता कृष्णप्रसाद सिटौला भने हल्का ‘क्रस भोटिङ’ का बाबजुद कोशी प्रदेशको अन्य समुहबाट राष्ट्रियसभामा पुग्न सफल भए ।

कोशीमा एमालेकी रुक्मिणी कोइरालाले ५ हजार ८६ मतभार ल्याउँदा गठबन्धन उम्मेदवार चम्पादेवी कार्कीले ४ हजार ९ सय २२ मत पाइन् ।

यहाँ स्थानीय तहमा एमालेका ११२ र राप्रपाका चार गरी ११६ मत एमालेको पक्षमा थियो । तर १५ स्थानीय तहका जनप्रतिनिधिले भोट क्रस गरेपछि एमाले विजयी भएको हो ।

प्रकाशित मिति : १३ माघ २०८०, शनिबार  ८ : ३१ बजे

विभिन्न जिल्लामा सवारी दुर्घटना : ६ जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६

इरानले अमेरिकीहरूलाई निसाना बनाउने प्रयास बढाएको अमेरिकी गुप्तचर प्रमुखको दावी

वासिङ्टन – इरानले मध्यपूर्व र त्यसभन्दा बाहिर अमेरिकीहरूलाई निसाना बनाउने

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली (तनहुँ)- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का