पशुपतिनगर भन्सारद्वारा एक करोड ३४ लाख राजस्व सङ्कलन « Khabarhub

पशुपतिनगर भन्सारद्वारा एक करोड ३४ लाख राजस्व सङ्कलन


१३ माघ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

इलाम– इलामको पशुपतिनगर भन्सार कार्यालयले आर्थिक वर्ष २०८०–८१ को पुससम्ममा एक करोड ३४ लाख १३ हजार राजस्व सङ्कलन गरेको छ ।

यो लक्ष्यको ६९ दशमलव ९६ प्रतिशत हो । आव २०८०–८१ मा भन्सारले  एक करोड ९१ लाख ७१ हजार राजस्व सङ्कलनको लक्ष्य लिएको थियो ।

यसैगरी आव २०७७–७८ मा एक करोड ८९ लाख ९९ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको पशुपतिनगर भन्सारले एक करोड दुई हजार राजस्व सङ्कलन गरेको कार्यालय प्रमुख प्रवीन सुब्बाले जानकारी दिए ।

यस्तै, आव २०७८–७९ मा दुई करोड ५३  लाख ४० हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकामा ८७ लाख ३८ हजार सङ्कलन भएको थियो ।

कार्यालय प्रमुख सुब्बाका अनुसार आव २०७९–८० मा  दुई करोड ५० लाख ८५ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकामा दुई करोड ७१ लाख ८२ हजार सङ्कलन गरिएको थियो ।

अवैध कारोबारअन्तर्गत बरामद भएको सामग्री लिलामीबाट सबैभन्दा बढी राजस्व सङ्कलन भएको हो । पशुपतिनगर भन्सारअन्तर्गत आठ छोटी भन्सार कार्यालय रहे पनि ती सबै बन्द छन् ।

‘हरियो तरकारी, छुर्पी, दूध, चिया, घ्यू, चिज, गमला, लत्ताकपडा र जुत्ता चप्पल भारत निर्यात हुँदै आएको छ’, उनले भने ।

नेपालतर्फ भन्सार भए पनि भारतमा भन्सार कार्यालय नहुँदा समस्या भएको कार्यालय प्रमुख सुब्बाले बताए । खुला सीमानाका भएका कारण चोरी पैठारी रोक्न कठिनाइ भएको उनको भनाइ छ । 

प्रकाशित मिति : १३ माघ २०८०, शनिबार  ८ : ५५ बजे

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली (तनहुँ)- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का

दाङमा सराय नाचको रौनक सुरु

घोराही (दाङ)- दाङमा यस वर्षदेखि सराय नाच मेलाको सुरुआत गरिएको

दसैँ मनाउन बाहिरिएकाहरु धमाधम काठमाडौं फर्किँदै

काठमाडौं- दसैँ मनाउन काठमाडौँ उपत्यकाबाट बाहिरिएका यात्रुहरू धमाधम फर्किन थालेका