रौतहटमा बसको ठक्करबाट एकजनाको मृत्यु « Khabarhub

रौतहटमा बसको ठक्करबाट एकजनाको मृत्यु


१३ माघ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


357
Shares
  • change font
  • change font
  • change font

रौतहट– पूर्व–पश्चिम राजमार्गअन्तर्गत चन्द्रनिगाहपुरमा बसको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।

सर्लाहीबाट नारायणगढतर्फ गुडेको बा ३ ख ३४५५ नम्बरको बसले आज बिहान ४ बजे चन्द्रनिगाहपुरस्थित जगत पेट्रोल पम्प नजिकै गाडीले ठक्कर दिँदा चन्द्रपुर– ५ का ५५ वर्षीय बोधनाथ पौडेलको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख प्रहरी निरीक्षक सुशील आचार्यले जानकारी दिए ।

बिहान मर्निङवाकमा निस्केका पौडेललाई बसले ठक्कर दिएको थियो । ठक्कर दिने बस र बसका चालक चन्द्रपुर नगरपालिका– ४ का विजय राईलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको छ ।

 

प्रकाशित मिति : १३ माघ २०८०, शनिबार  ९ : ४५ बजे

काठमाडौंमा ‘जेन-जीसँग विप्लव अन्तरसंवाद’ कार्यक्रम

काठमाडौं – अखिल समाजवादी केन्द्रीय समितिले आज काठमाडौंमा ‘जेन-जीसँग विप्लव

ड्रोन प्रविधि विस्तारका लागि रूसमा जनशक्ति अभाव

एजेन्सी– रूसलाई ड्रोन क्षेत्रमा करिब ४४ हजार दक्ष तथा विशेष

मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने

मोरङ– नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले खस्किँदै गएको मुलुकको

कोलम्बियाको सैन्य बेसमा आक्रमण : ७ सैनिकको मृत्यु, ३० घाइते

काठमाडौं– कोलम्बियाको उत्तरपूर्वी शहर अगुआचिकामा रहेको एक सैन्य बेसमा विद्रोही

राष्ट्रपति पौडेलको असावधानीकै कारण प्रतिनिधिसभा विघटन भयो : महेश बर्तौला

काठमाडौं– नेकपा एमालेका नेता महेश बर्तौलाले राष्ट्रपति रामचन्द्र पौडेलकै कारण