ग्राउण्डेड भएको विमान पुनः उडानमा « Khabarhub

ग्राउण्डेड भएको विमान पुनः उडानमा


१३ माघ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अलास्का–  ‘मिड एयर डोर प्लग ब्लोआउट’ घटनाको कारण तीन हप्ता सम्म ग्राउण्डेड भएको विमान पुनः उडानमा फर्किएको छ । 

तीन हप्ताको अन्तराल पछि अलास्का एयरलाइन्सले शुक्रबार आफ्नो बोइङ ७३७ म्याक्स म्याक्स ९ को उडान पुनः सुरु गरेको हो । सो विमान मिडसिएटलबाट सान डिएगोको लागि उडेको हो ।

एयरलाइन्सले संघीय उड्डयन प्रशासन (एफएए) को निर्देशन पछ्याउँदै आफ्नो म्याक्स ९ विमानहरूको फ्लीटमा सम्पूर्ण भागको कडा निरीक्षण गरे पछि उडानका लागि अनुमति दिएको हो । 

ग्राउन्डिङ पछि पहिलो म्याक्स ९ को उडान शुक्रबार दिउँसो स्यान डिएगोको लागि सिएटल टाकोमा अन्तर्राष्ट्रिय एयरपोर्टबाट भरेको छ । त्यसपछि  लस भेगासबाट पोर्टल्यान्ड, ओरेगन र सिएटलबाट ओन्टारियो, क्यानाडाका लागि थप दुई उडानहरू प्रस्थान गर्ने तालिका रहेको छ ।

एयरलाइन्सले बुधबार एक विज्ञप्तिमा प्रत्येक विमानको सुरक्षा र वायु योग्यता सुनिश्चित गरेपछि शुक्रबारबाट आफ्ना केही म्याक्स ९ अपरेशनहरू पुनः सुरु गर्ने योजना बनाएको जनाएको थियो ।

 ‘हाम्रो प्रत्येक ७३७– ९ म्याक्स कडा निरीक्षणहरू पूरा भएपछि मात्र सेवामा फर्किएका छन  र एफएएका आवश्यकताहरू अनुसार प्रत्येक विमान हावामा उडान योग्य मानिएको छ,’ विज्ञप्तिमा भनिएको छ।

प्रकाशित मिति : १३ माघ २०८०, शनिबार  १ : ०१ बजे

आज २०८३ साल भदौ २६ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २६ गते शुक्रबार सन् २०२६

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा । आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

हानि र नोक्सानी सम्बोधन कोषले पठायो नेपालको पत्रको जवाफ

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको हानि र

रसुवा बाढी : जलविद्युत आयोजनामा कार्यरत ९१६ जना सम्पर्कविहीन

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकाटी हुँदै त्रिशूली नदीमा

इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद र ५० हजार जरिबाना

काठमाडौँ – सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई साढे ५ वर्ष