ग्राउण्डेड भएको विमान पुनः उडानमा « Khabarhub

ग्राउण्डेड भएको विमान पुनः उडानमा


१३ माघ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अलास्का–  ‘मिड एयर डोर प्लग ब्लोआउट’ घटनाको कारण तीन हप्ता सम्म ग्राउण्डेड भएको विमान पुनः उडानमा फर्किएको छ । 

तीन हप्ताको अन्तराल पछि अलास्का एयरलाइन्सले शुक्रबार आफ्नो बोइङ ७३७ म्याक्स म्याक्स ९ को उडान पुनः सुरु गरेको हो । सो विमान मिड ए सिएटलबाट सान डिएगोको लागि उडेको हो ।

एयरलाइन्सले संघीय उड्डयन प्रशासन (एफएए) को निर्देशन पछ्याउँदै आफ्नो म्याक्स ९ विमानहरूको फ्लीटमा सम्पूर्ण भागको कडा निरीक्षण गरे पछि उडानका लागि अनुमति दिएको हो । 

ग्राउन्डिङ पछि पहिलो म्याक्स ९ को उडान शुक्रबार दिउँसो स्यान डिएगोको लागि सिएटल टाकोमा अन्तर्राष्ट्रिय एयरपोर्टबाट भरेको छ । त्यसपछि  लस भेगासबाट पोर्टल्यान्ड, ओरेगन र सिएटलबाट ओन्टारियो, क्यानाडाका लागि थप दुई उडानहरू प्रस्थान गर्ने तालिका रहेको छ ।

एयरलाइन्सले बुधबार एक विज्ञप्तिमा प्रत्येक विमानको सुरक्षा र वायु योग्यता सुनिश्चित गरेपछि शुक्रबारबाट आफ्ना केही म्याक्स ९ अपरेशनहरू पुनः सुरु गर्ने योजना बनाएको जनाएको थियो ।

 ‘हाम्रो प्रत्येक ७३७– ९ म्याक्स कडा निरीक्षणहरू पूरा भएपछि मात्र सेवामा फर्किएका छन  र एफएएका आवश्यकताहरू अनुसार प्रत्येक विमान हावामा उडान योग्य मानिएको छ,’ विज्ञप्तिमा भनिएको छ।

प्रकाशित मिति : १३ माघ २०८०, शनिबार  १ : ०१ बजे

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का

दाङमा सराय नाचको रौनक सुरु

घोराही (दाङ)- दाङमा यस वर्षदेखि सराय नाच मेलाको सुरुआत गरिएको

दसैँ मनाउन बाहिरिएकाहरु धमाधम काठमाडौं फर्किँदै

काठमाडौं- दसैँ मनाउन काठमाडौँ उपत्यकाबाट बाहिरिएका यात्रुहरू धमाधम फर्किन थालेका

एनपीएलका लागि पाकिस्तानी कप्तान फरहान नेपालमा

काठमाडौं- कर्णाली याक्समा अनुबन्ध भएका पाकिस्तान टी–२० टिमका कप्तान साहबजादा