साताका तस्बिर : जात्रादेखि जाडोसम्म ! « Khabarhub

साताका तस्बिर : जात्रादेखि जाडोसम्म !



काठमाडौं- यो साता काठमाडौंमा धार्मिक गतिविधि प्रशस्त भए । स्वस्थानी ब्रतको थालनी, सेतो मच्छिन्द्रनाथको सौन्दर्यकरण, जीवित देवी कुमारीको जात्रा का साथै बाह्र वर्षमा एकचोटि हुने नेवाः समुदायका जात्राहरुका कारण पुस–माघको चिसोमा काठमाडौं उपत्यका तात्यो ।

राजनीतिक रुपमा राष्ट्रियसभाको चुनाव सम्पन्न भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूमाथि लागेको सहकारी ठगीको आरोपको जवाफमा पत्रकार सम्मेलन आयोजना गरेका छन् ।

माघको दोस्रो साता सुरु भए पनि कालिञ्चोक, हेलम्बु लगायतका स्थानमा हिमपात भएका कारण काठमाडौंको मौसम चिसो बनेको छ । पुस कटे पनि बिहान बेलुका काठमाडौंमा चिसो बढेको छ । सिन्धुपाल्चोकको हेलम्बुमा विद्यालयमा हिमपात भएको छ ।

राजनीतिक रुपमा त्यस्तो उथल–पुथल खासै नदेखिए पनि यो साता भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको सवारी लाइसेन्स सम्बन्धी छलफल चर्चामा रह्यो ।

चिसोको मौसममा उपत्यकाका विद्यालयहरु बन्द रहे पनि रत्नपार्क लगायतका सार्वजनिक पार्कहरुमा निःशुल्क प्रवेशको अनुमति नहुँदा बालबच्चाहरुले खेल्न पाएनन् । यस्ता सार्वजनिक स्थलमा सरकार वा महानगरले सहज पहुँच उपलब्ध गराउन नसक्दा जाडोको छुट्टी मनाउने बालवालिका समस्यामा परे ।

याे पनि- जीवित देवी कुमारीको रहस्यमय जीवन

मंसिरको बिहेको मौसम, अंग्रेजी नयाँ वर्ष र माघे संक्रान्तिमा मनाइने पर्वहरु सकिए पनि फेब्रुअरीको भ्यालेन्टाइन आउन लाग्दा बजारमा फूलको व्यापार फस्टाएको छ । पसलहरुमा गुलाबको फूल विक्रीमा राखिएका छन् ।

यिनै विषयवस्तुलाई समटेर हामीले यहाँ साताका तस्बिरहरु प्रस्तुत गरेका छौं –

प्रकाशित मिति : १३ माघ २०८०, शनिबार  २ : ४३ बजे

मालपोत कार्यालय जुम्लाद्वारा एक करोड ८६ लाखभन्दा बढी राजस्व सङ्कलन

जुम्ला– मालपोत कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को आठ महिनामा

शैक्षिक सत्र सुरु नहुँदै भर्ना नलिन मन्त्रालयको निर्देशन, अटेरी गरे कारबाही गर्ने चेतावनी 

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक सत्र सुरु हुनुअघि

बहुविवाह मुद्दाका दुईजना फरार प्रतिवादी पक्राउ

स्याङ्जा– बहुविवाह मुद्दाका दुई जना फरार प्रतिवादीहरूलाई मंगलबार प्रहरीले पक्राउ गरेको

१२ महिनामा विपद्का ७ हजार बढी घटना, १ सय ४० को मृत्यु, ३६ जना बेपत्ता 

काठमडौं– वैशाख गतेदेखि चैत २४ गतेसम्म देशभर भएका विभिन्न विपद्का

पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल

महेन्द्रनगर– शिक्षा, विज्ञान तथा प्रविधि, युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले