वायुसेवा निगम उकालोतर्फ लागेको छ : मन्त्री किराँती « Khabarhub

वायुसेवा निगम उकालोतर्फ लागेको छ : मन्त्री किराँती


१३ माघ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले ढिलै भएपनि वायुसेवा निगम उकालोतर्फ लागेको बताएका छन् ।

शनिबार काठमाडौंमा नेपाल वायुसेवा निगमको भवन शिलान्यास गर्दै मन्त्री किराँतीले निगमभित्रका विभिन्न पक्षलाई सुधार गर्दै ढिलै भएपनि ओरालो यात्रा अन्त्य भएर उकालोतर्फ लागेको बताएका हुन् ।

उनले दुर्गम क्षेत्रमा उडान गर्ने जहाजहरुको खरिद प्रक्रिया अघि बढाइएको र अन्तर्राष्ट्रिय तथा ट्रंक रुटमा उडानका लागि जहाजको लिज प्रोसेस अन्तिम चरणमा पुगेको जानकारी दिए ।

केहि बाह्य र आन्तरिक कारणले निगम कमजोर भएकाले बिगतको पाठ सिक्दै बलियो बन्नुपर्ने उनले बताए । मन्त्री किराँतीले यहि संरचनाबाट निगमलाई बलियो बनाउने र त्यसो हुन नसके करार व्यवस्थापनमार्फत निगमलाई सञ्चालन गर्ने उल्लेख गरे ।

उनले न्युरोडमा रहेको निगमको भवनलाई पनि व्यसायीक रुपमा प्रयोग गर्ने बताए । त्यस्तै उनले मन्त्रालयको कार्यभार सम्हाल्दासम्म देशको जितका लागि काम गर्ने जिकिर गरे ।

 

प्रकाशित मिति : १३ माघ २०८०, शनिबार  २ : ०३ बजे

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको