वायुसेवा निगम उकालोतर्फ लागेको छ : मन्त्री किराँती « Khabarhub

वायुसेवा निगम उकालोतर्फ लागेको छ : मन्त्री किराँती


१३ माघ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले ढिलै भएपनि वायुसेवा निगम उकालोतर्फ लागेको बताएका छन् ।

शनिबार काठमाडौंमा नेपाल वायुसेवा निगमको भवन शिलान्यास गर्दै मन्त्री किराँतीले निगमभित्रका विभिन्न पक्षलाई सुधार गर्दै ढिलै भएपनि ओरालो यात्रा अन्त्य भएर उकालोतर्फ लागेको बताएका हुन् ।

उनले दुर्गम क्षेत्रमा उडान गर्ने जहाजहरुको खरिद प्रक्रिया अघि बढाइएको र अन्तर्राष्ट्रिय तथा ट्रंक रुटमा उडानका लागि जहाजको लिज प्रोसेस अन्तिम चरणमा पुगेको जानकारी दिए ।

केहि बाह्य र आन्तरिक कारणले निगम कमजोर भएकाले बिगतको पाठ सिक्दै बलियो बन्नुपर्ने उनले बताए । मन्त्री किराँतीले यहि संरचनाबाट निगमलाई बलियो बनाउने र त्यसो हुन नसके करार व्यवस्थापनमार्फत निगमलाई सञ्चालन गर्ने उल्लेख गरे ।

उनले न्युरोडमा रहेको निगमको भवनलाई पनि व्यसायीक रुपमा प्रयोग गर्ने बताए । त्यस्तै उनले मन्त्रालयको कार्यभार सम्हाल्दासम्म देशको जितका लागि काम गर्ने जिकिर गरे ।

 

प्रकाशित मिति : १३ माघ २०८०, शनिबार  २ : ०३ बजे

तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत

तनहुँ– तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा ७८

जुम्लामा आज सार्वजनिक बिदा

जुम्ला– कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लाभर आज सार्वजनिक बिदा दिएको

बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज बिहीबार, भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २२ गते बिहीबार सन् २०२६

आज २०८३ साल असोज २२ गते बिहीबारको राशिफल

काठमाडौँ – आज २०८३ साल असोज २२ गते बिहीबार सन्