रास्वपा सभापति रवि र उपसभापति डिपी भारत प्रस्थान « Khabarhub

रास्वपा सभापति रवि र उपसभापति डिपी भारत प्रस्थान


१३ माघ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


327
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने र  उपसभापति डोलप्रसाद अर्याल (डिपी) नयाँ दिल्ली प्रस्थान गरेका छन् ।

उनीहरु २८ र २९ तारिक नेपाली मिति १४ र १५ गतेको नयाँ दिल्लीमा हुने नेपालीहरूको कार्यक्रम सम्बोधन गर्न भारत गएको रास्वपा महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले बताए । 

ढकालका अनुसार उनीहरूले आज नयाँ दिल्ली र भोलि हैदराबादमा आयोजित कार्यक्रममा सहभागी हुने छन् । उनीहरूले त्यहाँ नेपालीको समस्या तथा गुनासाहरूको बारेमा सोध बुझ गर्ने बताइएको छ । 

उनीहरूको कार्यक्रम भारतमा रहेका शुभेच्छुकले आयोजना गरेको  कार्यक्रम भएको रास्वपाको प्रवास नेपाली सम्पर्क विभागले बताएको छ ।  

यसैबीच कार्यवाहक सभापतिको जिम्मेवारी रास्वपाका उपसभापति स्वर्णिम वाग्लेलाई दिइएको छ । अर्का उपसभापति अर्याल प्रवास नेपाली सम्पर्क विभागका प्रमुख हुन् ।

प्रकाशित मिति : १३ माघ २०८०, शनिबार  २ : ५७ बजे

अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान गरेका छन्। अर्थमन्त्री

रास्वपा केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ

नवलपरासीमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेस्थित एसमोडमा

बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति

पर्वत– असोज ८ गतेदेखि लगातार वर्षा हुने पूर्वसूचना पाए पनि

उडिरहेको जहाजमा चक्कु प्रहारबाट घाइते पाइलट स्मित मच्छरसँग भारतीय प्रधानमन्त्री मोदीको टेलिफोन संवाद

काठमाडौँ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फ्लाईदुबईका घाइते पाइलट क्याप्टेन स्मित