रास्वपा सभापति रवि र उपसभापति डिपी भारत प्रस्थान « Khabarhub

रास्वपा सभापति रवि र उपसभापति डिपी भारत प्रस्थान


१३ माघ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


327
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने र  उपसभापति डोलप्रसाद अर्याल (डिपी) नयाँ दिल्ली प्रस्थान गरेका छन् ।

उनीहरु २८ र २९ तारिक नेपाली मिति १४ र १५ गतेको नयाँ दिल्लीमा हुने नेपालीहरूको कार्यक्रम सम्बोधन गर्न भारत गएको रास्वपा महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले बताए । 

ढकालका अनुसार उनीहरूले आज नयाँ दिल्ली र भोलि हैदराबादमा आयोजित कार्यक्रममा सहभागी हुने छन् । उनीहरूले त्यहाँ नेपालीको समस्या तथा गुनासाहरूको बारेमा सोध बुझ गर्ने बताइएको छ । 

उनीहरूको कार्यक्रम भारतमा रहेका शुभेच्छुकले आयोजना गरेको  कार्यक्रम भएको रास्वपाको प्रवास नेपाली सम्पर्क विभागले बताएको छ ।  

यसैबीच कार्यवाहक सभापतिको जिम्मेवारी रास्वपाका उपसभापति स्वर्णिम वाग्लेलाई दिइएको छ । अर्का उपसभापति अर्याल प्रवास नेपाली सम्पर्क विभागका प्रमुख हुन् ।

प्रकाशित मिति : १३ माघ २०८०, शनिबार  २ : ५७ बजे

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली (तनहुँ)- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का

दाङमा सराय नाचको रौनक सुरु

घोराही (दाङ)- दाङमा यस वर्षदेखि सराय नाच मेलाको सुरुआत गरिएको

दसैँ मनाउन बाहिरिएकाहरु धमाधम काठमाडौं फर्किँदै

काठमाडौं- दसैँ मनाउन काठमाडौँ उपत्यकाबाट बाहिरिएका यात्रुहरू धमाधम फर्किन थालेका