मंगोलियामा ग्यास ट्यांकर विस्फोट, चार जनाको मृत्यु « Khabarhub

मंगोलियामा ग्यास ट्यांकर विस्फोट, चार जनाको मृत्यु


१३ माघ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


273
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मंगोलियाको राजधानीमा भएको ग्यास ट्यांकर विस्फोटमा मृत्यु हुनेको सङ्ख्या चार पुगेको राष्ट्रिय ट्रमा तथा अर्थोपेडिक रिसर्च सेन्टरले शनिबार जनाएको छ ।

विस्फोटका कारण शरीरको ८०-९०  प्रतिशत भन्दा बढी जलेका एक नागरिकको शुक्रबार राति अस्पतालमा उपचारका क्रममा मृत्यु भएको  केन्द्रले विज्ञप्तिमार्फत् जनाएको छ । 

करिब ६० टन ग्यास बोकेको एउटा ट्यांकर बुधबार राजधानीको दक्षिणपूर्वी जिल्लाको एक चोकमा विस्फोट भएको प्रहरीले जनाएको छ । केन्द्रका अनुसार विस्फोटका क्रममा अन्य दश  जनाभन्दा बढी घाइते भएका छन् ।

विस्फोटका कारण ३० भन्दा बढी सवारी साधनहरू जलेको तथा नजिकैका भवनहरू आंशिक रूपमा क्षतिग्रस्त भएको देशको राष्ट्रिय आपतकालीन व्यवस्थापन निकायले जनाएको छ । प्रहरीले विस्फोटको कारणबारे अनुसन्धान भइरहेको जनाएको छ । 

प्रकाशित मिति : १३ माघ २०८०, शनिबार  ५ : २६ बजे

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का

दाङमा सराय नाचको रौनक सुरु

घोराही (दाङ)- दाङमा यस वर्षदेखि सराय नाच मेलाको सुरुआत गरिएको

दसैँ मनाउन बाहिरिएकाहरु धमाधम काठमाडौं फर्किँदै

काठमाडौं- दसैँ मनाउन काठमाडौँ उपत्यकाबाट बाहिरिएका यात्रुहरू धमाधम फर्किन थालेका

एनपीएलका लागि पाकिस्तानी कप्तान फरहान नेपालमा

काठमाडौं- कर्णाली याक्समा अनुबन्ध भएका पाकिस्तान टी–२० टिमका कप्तान साहबजादा