कञ्चनपुरबाट एक मेडिकल सञ्चालक पक्राउ « Khabarhub

कञ्चनपुरबाट एक मेडिकल सञ्चालक पक्राउ


१३ माघ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कञ्चनपुरबाट जोखिमयुक्त औषधि बेचेको भन्दै प्रहरीले एक मेडिकल सञ्चालकलाई पक्राउ गरेको छ। कृष्णपुर नगरपालिका-२ बंकका मेडिकल व्यवसायी देवसिंह धामीलाई प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रकाश डाँगीले मेडिकलमा खानतलासी गर्ने क्रममा विभिन्न जोखिमयुक्त औषधि भेटिएपछि पक्राउ गरिएको बताए।

उक्त क्षेत्रका ९ मेडिकलमा चेकजाँच गरेको थियो। सो क्रममा नेपाल औषधि व्यवस्था विभागले तोकेका मापदण्डविपरीत औषधि बेचबिखन गर्ने गराउने र बिनाइजाजत औषधि बेचबिखन गरिरहेको पाइएकाले औषधिसहित सञ्चालकलाई पक्राउ गरिएको प्रवक्ता डाँगीले बताए।

पक्राउ परेका औषधि व्यवसायी धामीका विषयमा थप अनुसन्धान गरेर कारबाही गरिने प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १३ माघ २०८०, शनिबार  ६ : २० बजे

राजस्व चुहावट गरेको भन्दै पाँच जनाविरुद्ध आरोप पत्र दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गढवा गाउँपालिका दाङका तत्कालीन अध्यक्ष

मन्त्री बज्राचार्यद्वारा पद तथा गोपनीयताको शपथ

बागमती– बागमती प्रदेशका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री शैलेन्द्रमान बज्राचार्यले आज पद

मन्त्रालयले मुलुक केन्द्रित रणनीतिमा काम गरिरहेको छ : परराष्ट्रमन्त्री

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले परराष्ट्र मन्त्रालयले मुलुक केन्द्रित रणनीतिक कार्ययोजना निर्माणका

पाकिस्तानको खैबर पख्तुनख्वामा प्रहरीचौकी नजिकै आत्मघाती बम विस्फोट, १७ जनाको मृत्यु

पेशावर– पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको स्वात जिल्लाको कबाल प्रकरी चौकी