सङ्खुवासभाको उच्च हिमाली क्षेत्रमा हिमपात « Khabarhub

सङ्खुवासभाको उच्च हिमाली क्षेत्रमा हिमपात


१३ माघ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

सङ्खुवासभा – सङ्खुवासभाको उच्च हिमाली क्षेत्रमा परेको हिमपातले जनजीवन प्रभावित भएको छ । शुक्रबार रातिदेखि जिल्लाको माथिल्लो भेगमा हलुका वर्षासँगै अहिले हिउँ परिरहेको छ ।

उच्च हिमाली भागमा बाक्लो हिमपात हुन थालेपछि जनजीवन कष्टकर बनेको छ । हिमपातले उत्तरी क्षेत्रको किमाथाङ्का नाका, मकालु आधार शिविर, तीनजुरे, गुफापोखरी, मङ्गलबारे, क्षेत्रका डाडाँकाँडा हिउँले सेताम्मै भएका छन् ।

बाक्लो हिमपात भएकाले जनजीवन कष्टकर भएको छ । अहिले पनि त्यस क्षेत्रमा हल्का वर्षा भइरहेकाले हिउँ पर्ने क्रम जारी रहेको स्थानीयको भनाइ छ ।

हिउँ परेपछि उच्च हिमाली क्षेत्रमा चिसो अत्यधिक बढेको छ । चिसोले बालबालिका, वृद्धवृद्धा र पशुचौपाया बढी प्रभावित भएका छन् भने आमसर्वसाधारण घरबाहिर निस्कन सकेका छैनन् ।

प्रकाशित मिति : १३ माघ २०८०, शनिबार  ९ : १२ बजे

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका