एनटीएले जित्यो डोजाङ तेक्वान्दोको उपाधि « Khabarhub

एनटीएले जित्यो डोजाङ तेक्वान्दोको उपाधि


१३ माघ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दिनेश दाहाल स्मृति पाँचौं अन्तर डोजाङ तेक्वान्दो प्रतियोगितामा नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए) च्याम्पियन बनेको छ । शनिबार सम्पन्न भएकाे प्रतियाेगितमा एनटीएले ८ स्वर्ण, ५ रजत र ३ कांस्य जित्दै ट्रफी उचालेको हो ।

डाँछीस्थित अल्पाइन एकेडेमीमा भएको प्रतियोगितामा ७ स्वर्ण, ५ रजत र १२ कांस्यसाथ अल्पाइन एकेडेमी दोस्रो भयो । त्यस्तै ६ स्वर्ण, १२ रजत र २२ कांस्य जितेको सनसाइन स्कुलले तेस्रो स्थान प्राप्त गर्यो । प्रतियोगितको आयोजना एनटीए र अल्पाइन एकेडेमीद्वारा संयुक्त गरेका थिए । विभिन्न ३० स्पर्धामा १ सय ४० खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

विजेतालाई कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्की, तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्का, तेक्वान्दो मुख्य प्रशिक्षक नवीनकुमार श्रेष्ठ, प्रतियोगिता संयोजक अल्पाइन एकेडेमीका प्रिन्सिपल अनन्तराम ढकाललगायतले पुरस्कार हस्तान्तरण गरेका थिए ।

त्यस्तै कार्यक्रममा १३ औं दक्षिण एसियाली खेलकुदका स्वर्ण जितेको तेक्वान्दोका वीरबहादुर महरालाई दिनेश दाहाल स्मृति खेलकुद प्रतिभा सम्मानसहित सम्मानित गरिएको थियो । त्यस्तै खेल पत्रकार प्रजित शाक्य र सीताराम कोइरालालाई प्रशंसापत्रसहित सम्मान गरिएको थियो ।

प्रकाशित मिति : १३ माघ २०८०, शनिबार  १० : १३ बजे

काव्यात्मक न्यारेसन शैलीमा पारिवारिक फिल्म ‘श्री बुकुरो’को ट्रेलर सार्वजनिक

काठमाडौं – फागुन १ गतेलाई प्रदर्शन मिति तोकिएको फिल्म ‘श्री

फोहर फाल्नेलाई महानगर प्रहरीले कारबाही गर्ने

काठमाडौं– काठमाडौँ महानगरपालिका क्षेत्रमा बग्ने बागमती नदी र नदी किनारको

चुनाव प्रचारमा जुटेका रास्वपा उम्मेदवार भ्रष्टाचारमा तानिए, अख्तियारले बयानमा बोलायो

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका एकजना उम्देवारलाई चुनाव प्रचारमा जुटिरहेका बेला

जेन-जीका नाममा सिंहदरबार आगजनी : चितवनका महेन्द्र गौतम समातिए

काठमाडौं– गत भदौ २४ गते जेन-जीका नाममा भएको प्रदर्शनका क्रममा

समयमै निर्वाचन गरेर मत परिणाम आएपछि घर फर्किन्छु : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले आसन्न प्रतिनिधिसभा निर्वाचन एकै चरणमा हुने