शीतलहरले जनजीवन कष्टकर, घाम ताप्न पहाड उक्लिँदै सर्वसाधारण « Khabarhub

शीतलहरले जनजीवन कष्टकर, घाम ताप्न पहाड उक्लिँदै सर्वसाधारण


१३ माघ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

सुदूरपश्चिम – निरन्तरको शीतलहरसँगै बढेको जाडोबाट कैलालीसहितका जिल्लाको जनजीवन कष्टकर बनेको छ । लगातारको बाक्लो हुस्सु र कुहिरोका कारण घाम झुल्किन नसकेपछि बढेको जाडोले जनजीवन कष्टकर बनेको हो । चिसोबाट वृद्धवृद्धा, स्कुले बालबालिका र दैनिक मजदुरी गरेर जीविका चलाउने बढी प्रभावित भएका छन् ।

यतिबेला तराईका कैैलाली, कञ्चनपुर जिल्ला कुहिरो र हुस्सुले ढाकिएका छन् । जाडो बढेपछि धनगढीबाट झण्डै ३५ किलोमिटर उत्तरतर्फ चुरे पहाडी क्षेत्रका डाँडामा लागेको घाम ताप्न तराईतिरबाट सर्वसाधारण पुग्न थालेका छन् ।

घाम झुल्किन नपाउँदा महिना दिनदेखि घरमा धोएको लुगा सुकाउन पनि समस्या भएको स्थानीयले बताएका छन् । “घाम लाग्दैन, धोएको लुगासमेत सुकाउन समस्या भयो”, धनगढीका माया जोशीले भने।

डडेलधुराका प्राध्यापक मेखराज जोशी तराईको मौसम जस्तोसुकै भए पनि पहाडबाट तराईमा बसाइँसराइ गर्नेहरू बढ्दै गएको बताउँछन् । उनले भने, “वर्षा र गर्मी मौसममा असह्य गर्मी तथा डुबानको समस्या, हिउँदमा शीतलहरको जाडो भए पनि के गर्नु, तराई नै रोज्ने बढी मान्छे छन् ।”

धनगढीबाट कैलालीको चुरे पहाडी क्षेत्र पुगेका पत्रकार श्रवण देउवाले दिउँसोको समयमा घाम लाग्ने चुरे पहाडका डाँडामा धेरै मान्छेले घाम तापिरहेको दृश्य देखिएको बताए । हिँउदेयाममा निरन्तरको शीतलहरसँगै देखिने डढुवा रोगले तराईका कैलालीसहितका जिल्लामा आलु, गोलभेँडा लगाएको तरकारी बालीमा प्रतिकूल असर पुर्याउने गरेको छ ।

प्रकाशित मिति : १३ माघ २०८०, शनिबार  १० : ४२ बजे

सुन र नगद लुटपाट गरेको आरोपमा चारजना पक्राउ

काठमाडौं– नेपाल प्रहरीले काठमाडौंको तारकेश्वर नगरपालिकास्थित नेपालटारबाट सुन र नगदसहित

एकीकृत समाजवादी कैलालीले मानेन माधव नेपालको निर्णय, नेकपामा समाहित नहुने

धनगढी– तत्कालीन माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) को कैलाली

निर्माणको अन्तिम चरणमा ठिनी खोलाको पुल

मुस्ताङ– घरपझोङ गाउँपालिका–५ भएर बग्ने ठिनी खोलाको निर्माणाधीन मोटरेबल पुल

सुदूरपश्चिमले टस जित्यो, पहिला ब्याटिङ गर्दै लुम्बिनी

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ को बिहीबारको

चितवनको कयरखोलामा पक्की पुल निर्माण हुँदै

चितवन– चितवनको कालिका नगरपालिका–१० सिद्धि तिनदोभानस्थित कयर खोलामा पक्की पुल