कालो ओठ कसरी गुलाबी बनाउने ? « Khabarhub

कालो ओठ कसरी गुलाबी बनाउने ?


१५ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– युवा हुन् वा युवती हरेकले आफ्नो ओठ गुलाबी र आकर्षक होस् भन्ने चाहन्छन् । केटी मान्छेको गुलाबी ओठको त कवि तथा गीतकारले पनि निकै प्रशंसा गर्ने गर्छन् ।

तर अनियमित खानपान, अस्तव्यस्त जीवनशैली र धुमपान असरले ओठ कालो भइदिन्छ । चुरोटको सेवन, महिलाको हकमा थरी थरीका लिपिस्टिक लगाउँदा र कफीको अत्यधिक सेवनले पनि ओठ कालो हुन्छ ।

पछिल्लो समय गुलाबी ओठ बनाउनका लागि युवा युवतीहरू विभिन्न प्रकारका कस्मेटिक सामग्रीहरूको प्रयोग गर्ने गर्छन् । यसरी साइड इफेक्ट गर्ने गरेको पनि धेरै उदाहरणहरू देख्न सकिन्छ ।
गुलाबी ओठ बनाउन केही घरेलु नुस्का पनि अपनाउन सकिन्छ । जुन सामग्री र तरिका यस्ता छन्–

गुलाबको पात : गुलाबको पातलाई पिसेर त्यसमा थोरै ग्लिसिरिन मिसाएर बनेको घोललाई नियमित रूपमा राती सुत्ने समयमा ओठमा लगाउने र बिहान धुने गरेमा ओठ गुलाबी र चम्किलो हुन्छ ।

चिनी र जैतुनको तेल : एक चम्चा चिनीमा जैतुनको केही थोपा तेल मिसाएर लेप बनाई ओठमा हल्का रगड्ने यसो गर्दा ओठका पुराना कोशिका बिस्तारै हट्छ र ओठको सौन्दर्य बढ्छ ।

तिलको तेल र बेसारको लेप : थोरै बेसारमा तिलको तेल मिलाएर लेप बनाई ओठमा लगाएर हल्का मसाज गर्ने । त्यसपछि ३० मिनेटसम्म छाडिदिने । त्यसपछि मन तातो पानीले धुने ।  यो प्रक्रिया दिनमा एक पटक गर्दा बिस्तारै कालो ओठ गुलाबी ओठमा परिणत हुन्छ ।

कागती : कागती निचोरेको खोस्टोले बिहान बेलुका आफ्नो ओठमा बिस्तारै रगडेर लगाउने गर्दा पनि ओठ गुलाबी हुन्छ ।

 

प्रकाशित मिति : १५ फाल्गुन २०८०, मंगलबार  ६ : ०१ बजे

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड

बंगलादेश प्रिमियर लिग : सन्दीपको टिमले आज पहिलो खेल खेल्दै

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा आबद्ध भएका नेपाली लेग

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु