अक्षयको जीवनशैली : सामाजिक सञ्जाल चलाउने समय व्यायाममा खर्च | Khabarhub Khabarhub

अक्षयको जीवनशैली : सामाजिक सञ्जाल चलाउने समय व्यायाममा खर्च


१५ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बलिउडमा अक्षय कुमारको ‘फिटनेस’को चर्चा धेरै हुन्छ । उनी अनुशासित जीवनशैलीका कारण पनि चर्चित छन् ।

भारतको लखनउमा भर्खरै सम्पन्न एक संवाद कार्यक्रममा अक्षयले आफ्नो व्यक्तिगत जीवनका बारेमा खुलेर कुरा गरेका छन् ।

राति अबेरसम्म हुने कार्यक्रम अथवा पार्टीमा अक्षय विरलै भेटिन्छन् । उनी मद्यपान र धुमपानबाट टाढा रहन्छन् । यद्यपि सातामा एक दिन ‘चिट डे’ मनाउने उनी बताउँछन् ।

उनी भन्छन्, ‘त्यस दिन म विशेष गरी छोले–पुरी र हलुवा खान्छु ।’ अन्य दिन भने उनी स्वस्थकर खानामै जोड दिने बताउँछन् ।

उनी राति साढे ९ बजे सुतिसक्छन् भने बिहान चार बजे उठेर व्यायम गर्छन् । यो उनको वर्षौँदेखि चलिआएको दैनिकी हो ।

अक्षय भन्छन्, ‘म  बिहान उठेर दैनिक डेढ घण्टा वर्कआउट गर्छु । यो एकदमै महत्त्वपूर्ण छ । मानिसले आफ्ना लागि समय नै दिँदैनन् । अन्य मानिसले सामाजिक सञ्जाल हेरेर बिताउने समय म व्यायाममा खर्च गर्छु ।’

व्यायामपछि बिहानको खाजा खाएर काममा निस्कने अक्षय बताउँछन् । दिउँसो काम गर्न रुचाए पनि कहिलेकाहीँ  फिल्मको कथाका कारण राति अबेरसम्म खटिनु पर्ने उनको भनाइ छ । उनी भन्छन्, ‘मलाई राति काम लगाउँदा निर्देशक र निर्माताले दुःख पाउँछन् ।’

 

प्रकाशित मिति : १५ फाल्गुन २०८०, मंगलबार  ६ : २१ बजे

वैदेशिक रोजगारीमा ठगी, दुई जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अल्बानिया पठाइदिन्छु भन्दै

जबज सामाजिक न्यायका लागि मार्गदर्शन गर्ने चिन्तन हो : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले अभ्यास गरिरहेको

सिङ्गो मुलुकले माधव नेपाललाई भ्रष्टाचारी भन्न सकेको छैन, झाँक्रीले मरेको सिनो भन्ने ? – पाण्डे

काठमाडौं– नेकपा एकीकृत समाजवादीकी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले अध्यक्ष

जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषित

काँक्रेविहार– जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा भएको छ