त्रिदेशीय टी–२० सिरिज : आज नेपाल र नामिबिया खेल्दै | Khabarhub Khabarhub

त्रिदेशीय टी–२० सिरिज : आज नेपाल र नामिबिया खेल्दै


१५ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल, नामिबिया र नेदरल्याण्डस सम्मिलित त्रिदेशीय टी–२० सिरिज आजदेखि सुरु हुँदैछ । सिरिज अन्तर्गतको पहिलो खेलमा आज नेपाल र नामिबियाबीच प्रतिस्पर्धा हुँदैछ ।  

खेल काठमाडौँको कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा बिहान साढे ११ बजे सुरु हुनेछ ।

नेपाल क्रिकेट संघ (क्यान) ले यस सिरिजका लागि रोहित पौडेलको कप्तानीमा १८ सदस्यीय टिमको घोषणा गरेको छ ।

नेपाली टीममा रोहित पौडेल (कप्तान), आसिफ सेख, कुशल भुर्तेल, कुशल मल्ल, दिपेन्द्र सिंह ऐरी, ललित राजबंशी, करण केसी, गुलशन झा, सोमपाल कामी, प्रतिश जिसी, सन्दीप जोरा, बिनोद भण्डारी, बिबेक यादव, अनिल शाह, रशिद खान, सगर ढकाल, आरिफ सेख र अविनाश बोहोरा रहेका छन् ।

आईसीसी विश्वकप क्रिकेट लिग–२ को समापनपछि नेपाल, नामिबिया र नेदरल्यान्ड्सले टी–२० सिरिजमा प्रतिस्पर्धा गर्न लागेका हुन् । नेपालले यसलाई आगामी जुनमा हुने टी–२० विश्वकपको तयारीको सुरुवातका रुपमा लिएको छ । ।

आईसीसीको टी–२० वरियतामा तीन देशमध्ये नामिबिया सबैभन्दा अगाडी रहेको छ । नामिबिया आईसीसी वरियतामा ११औँ स्थानमा रहेको छ भने नेदरल्याण्डस १५औँ तथा नेपाल १६औँ स्थानमा छ ।

खेल तालिका
फागुन १५ गते– नेपाल र नामिबिया
फागुन १६ गते– नेपाल र नेदरल्याण्डस
फागुन १७ गते– नामिबिया र नेदरल्याण्डस
फागुन १८ गते– नेपाल र नामिबिया
फागुन १९ गते– नेपाल र नेदरल्याण्डस
फागुन २० गते–  नामिबिया र नेदरल्याण्डस
फागुन २२ गते– फाइनल खेल ।


प्रकाशित मिति : १५ फाल्गुन २०८०, मंगलबार  ६ : ४१ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’