डोनाल्ड ट्रम्पको चुनावी हतियार- आप्रवासी मुद्दा | Khabarhub Khabarhub

डोनाल्ड ट्रम्पको चुनावी हतियार- आप्रवासी मुद्दा


१५ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


747
Shares
  • change font
  • change font
  • change font

डोनाल्ड ट्रम्प लगातार तेस्रो पटक अमेरिकी राष्ट्रपति  पदको उम्मेदवार हुने सम्भावना प्रबल भएको छ । यसको मतलब अब अमेरिकी राष्ट्रपति पदको निर्वाचन चार वर्ष अघिकै पुनरावृत्ति पनि हुने छ । डोनाल्ड ट्रम्प र जो वाइडेन नै आपसमा भिड्ने सम्भावना बलियो हुँदै आएको छ   ।

रिपब्लिक पार्टीमा अन्तिम प्रतिस्पर्धीको रूपमा बाँकी रहेकी निक्की हेलीलाई उनकै गृहनगर साउथ क्यारोलीनामा ६० –४० प्रतिसतको मत भारतले हराउनु ट्रम्पको रिपब्लिक यात्रा विना कुनै अवरोध अगाडि बढेको प्रस्ट प्रमाण हो । हेलिले सोही स्थानमा सन् २०११ देखि २०१७ सम्म गभर्नरको रूपमा काम गरेकी थिइन् । त्यत्ति मात्र होइन, कुनै समय उनी ट्रम्पको राष्ट्र सङ्घीय दूतको रूपमा पनि कार्यरत थिइन् ।

सुरुवात देखि नै रिपब्लिक दलको हरेक निर्वाचनमा जित हात पार्दै गए पछि अन्य उम्मेदवारले ट्रम्पका लागि बिस्तारै मैदान खाली छाड्ने गएका हुन् । ट्रम्पको अन्तिम प्रतिस्पर्धीको रूपमा रहेकी हेलिले पनि उनलाई पाखा लगाउन सक्ने कुनै छाँट काट देखिएको छैन । हेलिले अझै कथाको अन्त्य नभई सकेको बताएकी छिन् ।

मंगलबार मिचिगनमा रिपब्लिकले आन्तरिक मतदान गर्ने छ । यस पछि ५ मार्चमा १५ राज्यको मतदान हुने छ । सो मतदानमा पनि ट्रम्प अघि रहे सायद हेलीले उनका लागि बाटो खुला छाड्नको कुनै विकल्प  रहँदैन ।  हेलीले लगातार आफ्नो अडान कायम राखेकी छिन् । उनले बहु सङ्ख्यक अमेरिकीहरू वाइडेन र ट्रम्प बिचकै चुनावी भिडन्त नचाहेको कुरामा जोड दिइरहेकी छिन् ।

ट्रम्प माथि लागेका चार अभियोगहरू र ९१ वटा मुद्दामा रिपब्लिकले उम्मेदवार चयन गर्दा ध्यान दिनुपर्ने उनको जिकिर छ । यसैमध्येको एउटा मुद्दाको सुनुवाइ यसै साता हुँदै छ । यस कारण निर्वाचनमा वाइडेनलाई दोस्रो पटक रोक्न ट्रम्प असफल हुने उनको मत छ ।

आफ्नो पहिलो कार्यकालमा आप्रवासीमाथिको कठोर नीतिका कारण ट्रम्पलाई संसारका धेरैले मानवताको सवालमा कमजोर रहेको भन्दै आलोचना गरेका थिए ।

साउथ क्यारोलीनामा प्राप्त जितपछि ट्रम्पले रिपब्लिक पार्टीमा यस किसिमको अभूतपूर्व एकता पहिले कहिले पनि नदेखेका बताए । अहिले धेरै दक्षिणी राज्यका रिपब्लिक समर्थकले ट्रम्पलाई रुचाएका छन् ।

अमेरिकी प्रतिनिधि रुसेल फ्राई कै मतमा पनि हेली ट्रम्पलाई रोक्न सफल हुने कुरा कल्पना पनि गर्न सकिँदैन । उनी ट्रम्पले रिपब्लिक दलमा पारेको प्रभावका कारण अब औपचारिकताको विषय मात्र बाँकी रहेको बताउँछन् । उनको बिचारमा ट्रम्पले सहजै रिपब्लिकहरूको विश्वास जित्ने छन् ।

ट्रम्पका अर्का समर्थक टेक्सासका गभर्नर ग्रेग अबर्ट दल भित्रको ट्रम्पको उम्मेदवारीको बाटो मार्च मध्यमा नै खुला हुने जिकिर गर्छन् । अबर्टकै बिचारमा पनि अहिलेको रिपब्लिक हुरी ट्रम्पको पक्षमा चली रहेको छ । साउद क्यारोलीनाका सिनेटर लिन्ड्से ग्राहक त हेलीले अहिले नै ट्रम्पका लागि मैदान छाड्ने उपयुक्त हुने बिचार राखेका छन् । ग्राहमकै मतमा हेलिले सो कदम चालेमा रिपब्लिक एक जुट हुने छ । साथै रिपब्लिक दलको नेतृत्व पनि हेली ले नै गर्ने छिन् ।

दुवै दलले उम्मेदवार चयन गर्न बाँकी नै छ । परन्तु धेरै अमेरिकीको मतमा यी दुईको बिचमा नै फेरी अर्को पटक निर्वाचन भिडन्त हुने छ । क्वीनीपीयाक विश्वविद्यालयले  पनि गत साता वाइडेन र ट्रम्प नै उम्मेदवार हुने आङ्कलन गर्दै सर्वेक्षण गरेको थियो । सो सर्वेक्षणका अनुसार वाइडेनको पक्षमा ४९ प्रतिशत तथा ट्रम्पको पक्षमा ४५ प्रतिशत मतदाता थियो । अन्यले निष्कर्ष निकाल्न बाँकी नै थियो ।

३१ जनवरीमा भएको सर्वेक्षण भन्दा यो केही अर्थमा फरक थियो । सो सर्वेक्षणमा ५० प्रतिशत वाइडेन तथा ४४ प्रतिशत ट्रम्पको पक्षमा थिए । परन्तु यो सर्वेक्षण अन्य दललाई बाहिर राखेर गरिएको सर्वेक्षण थियो । सबैलाई समेटेर सर्वेक्षण गरेमा वाइडेनको पक्षमा ३८ तथा ट्रम्पको पक्षमा ३७ प्रतिशत मतदाता देखिने छन् । यसैगरी स्वतन्त्र उम्मेदवार रोबर्ट एफ केनेडीको पक्षमा १५ प्रतिशत मतदाता देखिए ।

स्वतन्त्र उम्मेदवार कार्नेल वेस्टको पक्षमा तीन तथा ग्रिन पार्टीका जेल स्टनेले तीन प्रतिशत मत पाए । मतदाताले यी दुई को गुण दोषका बारे पनि आफ्नो धारणा राखेका छन् । ट्रम्पको पक्षमा मत राख्नेहरूले वाइडेनको उमेर अर्को चार वर्ष अमेरिकाको नेतृत्व गर्न उपयुक्त नरहने भन्ने छ । उनीहरूको बिचारमा ट्रम्प वाइडेन भन्दा शारीरिक रूपमा तन्दुरुस्त छन् ।

वाइडेनलाई लायक ठान्नेहरूले ट्रम्प भन्दा मूल्य र मान्यताको रक्षा गर्न सफल तथा धैर्यवान् व्यक्तिको रूपमा चित्रण गरेका छन् । यस काल्पनिक सर्वेक्षणले वाइडेनको मत भार उनको कार्यशैली भन्दा पनि  अडिग रहने आदतका कारण समर्थक रहेको पाइएको छ । शान्त र धैर्यवान् व्यक्तित्वका रूपमा उनको छवि छ ।

अहिले अमेरिकी मतदातामा केही गम्भीर मुद्दाले प्राथमिकता पाएका छन् । पहिलो प्राथमिकताको विषय प्रजातन्त्रको संवर्द्धन, दोस्रो अर्थतन्त्र, तेस्रो आप्रवासी समस्या तथा चोथो बन्दुक हिंसा रहेको छ । रिपब्लिकहरूले अहिले आप्रवासी समस्यालाई मुख्य मुद्दा बनाएर वाइडेनमाथि आक्रमण गरिरहेका छन् ।

अहिले ट्रम्पले रिपब्लिकको माझमा आफूलाई लोकप्रिय पुष्टि गरिरहेको समयमा उनी माथि लागेको आरोपले उम्मेदवारीलाई पार्ने प्रभावका बारे पनि बहस सुरु भएको छ । अमेरिकी कानुनका ज्ञाताहरु उनी  उम्मेदवार हुनबाट ती कुनै पनि अभियोगले नरोकिने दाबी गर्छन् । अहिलेको यो सुनुवाइ प्रकरणले पक्कै पनि ट्रम्पका चुनावी अभियानलाई असर गर्ने छ ।

समय-समयमा न्यायालयमा हाजिर हुनुपर्ने बाध्यताले उनलाई सताउने छ । साथै उनको विरुद्धमा डेमोक्र्याटहरुको आक्रमण पनि अझ तीव्र हुन सक्ने छ ।

अहिले संसारका धेरै देश गृह युद्धले प्रभावित छन् । गरिबी पनि त्यत्तिकै छ । कोरोना महामारी पछि संसारका धेरै देशमा समस्या बढेको थियो भने रुस युक्रेन युद्ध पछि यसले विश्वव्यापी समस्या निम्त्याएको छ ।

यी सबै कारणले संसारका धेरै देश अहिले गरिबिको चपेटामा परेका छन् । यत्ति मात्र होइन, यी देशहरूको शासन पद्धतिका कारण पछिल्लो पुस्तामा आफ्नो देशप्रतिको आकर्षण घट्दो छ । यस कारण अमेरिका र युरोपमा मानिसहरू जाने क्रम बढ्दो छ ।

पछिल्लो वर्षहरूमा कीर्तिमानकै रूपमा शरणार्थी बन्ने चाहनामा वैध र अवैध दुवै बाटोबाट अमेरिका छिर्नेहरूको सङ्ख्या बढी रहेको छ । मेक्सिकोको सीमा हुँदै जानेहरूको सङ्ख्या बढी रहेको छ । यो मुद्दा अमेरिकी निर्वाचनमा पेचिलो बनेको छ । केही महिनाअघि ९ जना गभर्नरले पत्र नै लेखेर सङ्घीय सरकारले यसबारे कदम चाल्नु पर्ने आवाज उठाएका छन् ।

आफ्नो पहिलो कार्यकालमा आप्रवासीमाथिको कठोर नीतिका कारण ट्रम्पलाई संसारका धेरैले मानवताको सवालमा कमजोर रहेको भन्दै आलोचना गरेका थिए ।

वाइडेनलाई मानवतावादीको रूपमा जितका रूपमा पनि व्याख्या गरियो । ट्रम्पको नीतिका कारण कतिपय परिवारको बीचमा विच्छेद भएको भन्दै आलोचना समेत भएको थियो । परन्तु मानवतावादी वाइडेनको लचिलोपन नै समस्या त बन्ने होइन भन्ने चिन्ता धेरै डेमोक्र्याटमा पनि देखिन थालेको छ । यो नै आसन्न निर्वाचनमा  ट्रम्पको मुख्य मुद्दा समेत हो ।

श्रोत :  पोल क्यु एडु, भ्वाइस अफ अमेरिका, अल जजीरा, एपी 

 

प्रकाशित मिति : १५ फाल्गुन २०८०, मंगलबार  ११ : ३६ बजे

प्रदेशको गौरव सडकमा कालोपत्र अन्तिम चरणमा

तनहुँ– गण्डकी प्रदेशको गौरव मानिएको कोरोला–त्रिवेणी सडक आयोजनाअन्तर्गत तनहुँको घिरिङ

धरान : तिर्खाएको काकाकुल !

सुनसरी- धरानमा खानेपानी ढुवानी गर्ने कुनै पनि ट्याङ्कर व्याबसायीलाई तपाईले

सप्तरीका अग्निपीडितलाई राहत वितरण

सप्तरी– आगलागीबाट घर नष्ट भएका सप्तरी चिम्टीका अग्निपीडितलाई राहत सामग्री

राजस्वको दुरुपयोग रोक्नुपर्नेमा सांसद साहको जोड

काठमाडौं– आम जनता पार्टी पार्टीका एवं सांसद प्रभु साहले मुलुकमा

गण्डकीका मुख्यमन्त्रीले आइतबार विश्वासको मत लिने

पोखरा– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आइतबार (भोलि) विश्वासको मत