स्वास्थ्य क्षेत्रको सुधार गर्न खोज्दा कर्मचारीबाटै अवरोध भयो : मन्त्री बस्नेत « Khabarhub

स्वास्थ्य क्षेत्रको सुधार गर्न खोज्दा कर्मचारीबाटै अवरोध भयो : मन्त्री बस्नेत


१५ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य क्षेत्रको सुधार गर्न खोज्दा केही स्थानमा कर्मचारीबाटै अवरोध सिर्जना भएको बताएका छन् ।

स्वास्थ्य सेवा दिवसको अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री बस्नेतले जनताको आधारभूत स्वास्थ्य सेवाको अधिकार स्थापित गर्न आफूले स्वास्थ्य क्षेत्रको सुधार गर्न खोजेको तर केही स्थानमा कर्मचारीबाटै अवरोध सिर्जना भएको बताएका हुन्  ।

पहुँच र भनसुनका भरमा सरुवा हुन नचाहने र आकर्षक स्थानमा बसेको कर्मचारीहरूले मन्त्रालयको कामलाई विरोध गरेको उनले बताए । मन्त्री बस्नेतले शत प्रतिशत राम्रो गर्न खोज्दा नराम्राहरू एकढिक्का हुने गरेको गुनासो गरे ।

अस्पतालमा टेन्डरमार्फत सामाग्री खरिद गर्न खोज्दा कर्मचारीहरूले तालाबन्दी नै गर्ने गरेको उनको भनाइ छ । उनले आधारभूत स्वास्थ्य सेवा प्रभाव गर्न प्रयाप्त कर्मचारी नभएकाले अस्थायी दरबन्दी सिर्जना गरिएको धारणा राखे ।

कार्यक्रममा दार्चुला अस्पतालमा कार्यरत सिनियर अनमी बबिता विष्टलाई एक लाख नगद पुरस्कार सहित यस वर्षको उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कार प्रदान गरिएको छ । त्यस्तै ४ जना स्वास्थ्यकर्मीलाई स्वास्थ्य सेवा पुरस्कार प्रदान गरिएको छ । 

५० हजार नगद रासी सहितको स्वास्थ्य सेवा पुरस्कार पाउनेहरूमा कालिकोटका सिनियर अहेव दीर्घबहादुर नेपाली, बाराकी सिनियर अनमी किरण कुमारी, सुर्खेतका डा. केशरबहादुर ढकाल र फार्मेसी निरीक्षक सुष्मा थपलिया रहेका छन् ।

प्रकाशित मिति : १५ फाल्गुन २०८०, मंगलबार  २ : ४३ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका