मोटोरोलाकाे घडी जस्तै नाडीमा लगाउन मिल्ने स्मार्टफोन सार्वजनिक | Khabarhub Khabarhub

मोटोरोलाकाे घडी जस्तै नाडीमा लगाउन मिल्ने स्मार्टफोन सार्वजनिक


१५ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विश्वमै पहिलो पटक घडीजस्तै नाडीमा बेरेर लगाउन मिल्ने विशेष प्रकारको स्मार्टफोन सार्वजनिक भएको छ ।

गत अक्टोबरमा नाडीमा लगाउन मिल्ने फोनबारे पहिलो पटक जानकारी दिएको स्मार्टफोन कम्पनी मोटोरोलाले उक्त फोन सार्वजनिक गरेको हो । यो ‘एडप्टिभ डिस्प्ले’ प्रविधिमा आधारित रहेको बताइएको छ ।

फोनलाई नाडीमा अड्याउन भने चुम्बकीय गुण भएको छुट्टै ब्रासलेट लगाउनु पर्छ । त्यसपछि त्यो फोन घडी जसरी हातमा अडिने र लगाएपछि पनि सजिलै हिँड्न सकिने बताइएको छ ।

मिडिया रिपाेर्टका अनुसार फोनमा ६.९ इन्चको फुल एचडीको डिस्प्ले राखिएको छ । साथै यसबाहेक फोनलाई बङ्ग्याएर दुई ओटा स्क्रिन बनाउन सकिने भनिएको छ । यद्यपि अझै पनि फोन तथा प्रविधिबारे कम्पनीले विस्तृत जानकारी भने दिएको छैन ।

प्रकाशित मिति : १५ फाल्गुन २०८०, मंगलबार  ३ : १४ बजे

बाढी र पहिरोले पाँच राजमार्ग अवरुद्ध

काठमाडौं – बाढी र पहिरोका कारण आज देशका विभिन्न पाँच

‘खेलको माध्यमबाट खेलाडी आयआर्जन गर्ने अवस्था बनिरहेको छ’

मोरङ– युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सरकारले खेलाडीलाई खेलको माध्यमबाट

पर्यटकको गन्तव्य बाजुराको ‘वीरेखोला झरना’ 

धनगडी – समयसँगै मानव स्वभाव र रुचिहरू फेरिएको देखिन्छ । घरपरिवार

टिचिङमा इर्मजेन्सी १५ शैय्या र आधुनिक एमआरआईको उद्‌घाटन

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले त्रिवि शिक्षण अस्पतालमा