स्विडेनले युक्रेनमा सेना नपठाउने  | Khabarhub Khabarhub

स्विडेनले युक्रेनमा सेना नपठाउने 


१५ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौंनाटोमा सामेल हुन तयार रहेको स्विडेनले अहिले नै युक्रेनमा स्थल सेना पठाउने कल्पना नगरेको मंगलबार बताएको छ ।

आफ्नो मुलुकले ट्रान्सएट्लान्टिक सैन्य गठबन्धन (नाटो) मा सामेल हुनका लागि अन्तिम अवरोध पार गरेको एक दिनपछि प्रधानमन्त्री उल्फ क्रिस्टरसनले स्विडिस सार्वजनिक प्रसारक एसभिटीलाई भने, ‘यो अहिले विल्कुल सम्भव छैन ।’

पश्चिमी नेताहरूले युक्रेनलाई रुसी आक्रमणकारी सेनालाई परास्त गर्न सहयोग गर्नका लागि स्थल सेना पठाउन अस्वीकार गर्नु हुँदैन भनी फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले सोमबार दिएको टिप्पणीप्रति प्रधानमन्त्री क्रिस्टरसनले उक्त प्रतिक्रिया दिएका हुन् । 

‘अहिले हामी युक्रेनलाई उन्नत (सैन्य) उपकरण पठाउन व्यस्त छौँ’, उनले भने। स्टकहोमले युक्रेनलाई सात अर्ब १० करोड क्रोनर (६८ करोड २० लाख अमेरिकी डलर) को रक्षा सहयोग गर्ने फेब्रुअरी २० मा घोषणा गरेको थियो । यसमा तोपखाना गोला, हवाई रक्षा, डुङ्गाहरू, खानीहरू, टर्पेडो र युक्रेनी सेनालाई प्रशिक्षण समावेश छ । 

किएभले अहिले आफ्नो तेस्रो वर्षमा रुसी आक्रमणविरुद्ध स्वयंलाई बचाउनका लागि आफूसँग हतियारको निकै अभाव भएको बताएको छ । 

पश्चिमी स्थल सेनाका लागि युक्रेनबाट अहिले ‘कुनै माग नभएको’ प्रधानमन्त्री क्रिस्टरसनले बताए । उनले भिन्न–भिन्न नाटो सदस्यहरूको अन्तर्राष्ट्रिय मामिलामा संलग्न हुने फरक–फरक दृष्टिकोण रहेको भन्दै फ्रान्सेली परम्परा स्विडेनी परम्परा समान नभएको बताए। 

स्विडेनले अन्तर्राष्ट्रिय शान्ति सेनामा योगदान गर्दछ तर दुई शताब्दीभन्दा अघि नर्वेसँग भएको युद्धपछि कुनै पनि युद्धमा संलग्न भएको छैन । 

सन् २०२२ फेब्रुअरी २२ मा युक्रेनमाथि रुसको आक्रमणले स्विडेन र छिमेकी फिनल्यान्डलाई नाटोमा सामेल हुनका लागि आवेदन दिन प्रेरित गर्यो । यसबाट असंलग्नताको लामो समयदेखि उसको अडान समाप्त भयो । 

सोमबार हङ्गेरीको संसद्ले स्टकहोमको नाटोमा सामेल हुने प्रस्तावलाई अनुमोदन गरेपछि स्विडेनले नाटोको ३२औँ सदस्य बन्ने आफ्नो अन्तिम अवरोधलाई पार गरेको छ । 

प्रकाशित मिति : १५ फाल्गुन २०८०, मंगलबार  ७ : ३० बजे

महिला अधिकार कार्यान्वयनका लागि नाङ्लोसहित प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– मानव अधिकार रक्षकहरूको राष्ट्रिय सञ्जालको आयोजनामा संविधानले सुनिश्चित गरेका

राईजिङ स्टार क्रिकेट एकेडेमीले ‘यु–१४ टि–२० ब्वाइज ओपन क्रिकेट टुर्नामेन्ट’ को आयोजना गर्ने 

काठमाडौं– राईजिङ स्टार क्रिकेट एकेडेमीले यु–१४ टि–२० ब्वाइज ओपन क्रिकेट

सुनील पौडेललाई एक लाख धरौटीमा छाड्न विशेष अदालतको आदेश

काठमाडौँ – विशेष अदालतले राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी

विप्लवले भने- बाह्य शक्तिको दबाब झेल्न नसकेपछि सरकार एमसीसी स्वीकार्न बाध्य भयो

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले मिलेनियम

नेपाल र भियतनामबीचको सम्बन्ध अझ प्रगाढ बनाउन छलफल

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेकी समाजवादी