स्विडेनले युक्रेनमा सेना नपठाउने  « Khabarhub

स्विडेनले युक्रेनमा सेना नपठाउने 


१५ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौंनाटोमा सामेल हुन तयार रहेको स्विडेनले अहिले नै युक्रेनमा स्थल सेना पठाउने कल्पना नगरेको मंगलबार बताएको छ ।

आफ्नो मुलुकले ट्रान्सएट्लान्टिक सैन्य गठबन्धन (नाटो) मा सामेल हुनका लागि अन्तिम अवरोध पार गरेको एक दिनपछि प्रधानमन्त्री उल्फ क्रिस्टरसनले स्विडिस सार्वजनिक प्रसारक एसभिटीलाई भने, ‘यो अहिले विल्कुल सम्भव छैन ।’

पश्चिमी नेताहरूले युक्रेनलाई रुसी आक्रमणकारी सेनालाई परास्त गर्न सहयोग गर्नका लागि स्थल सेना पठाउन अस्वीकार गर्नु हुँदैन भनी फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले सोमबार दिएको टिप्पणीप्रति प्रधानमन्त्री क्रिस्टरसनले उक्त प्रतिक्रिया दिएका हुन् । 

‘अहिले हामी युक्रेनलाई उन्नत (सैन्य) उपकरण पठाउन व्यस्त छौँ’, उनले भने। स्टकहोमले युक्रेनलाई सात अर्ब १० करोड क्रोनर (६८ करोड २० लाख अमेरिकी डलर) को रक्षा सहयोग गर्ने फेब्रुअरी २० मा घोषणा गरेको थियो । यसमा तोपखाना गोला, हवाई रक्षा, डुङ्गाहरू, खानीहरू, टर्पेडो र युक्रेनी सेनालाई प्रशिक्षण समावेश छ । 

किएभले अहिले आफ्नो तेस्रो वर्षमा रुसी आक्रमणविरुद्ध स्वयंलाई बचाउनका लागि आफूसँग हतियारको निकै अभाव भएको बताएको छ । 

पश्चिमी स्थल सेनाका लागि युक्रेनबाट अहिले ‘कुनै माग नभएको’ प्रधानमन्त्री क्रिस्टरसनले बताए । उनले भिन्न–भिन्न नाटो सदस्यहरूको अन्तर्राष्ट्रिय मामिलामा संलग्न हुने फरक–फरक दृष्टिकोण रहेको भन्दै फ्रान्सेली परम्परा स्विडेनी परम्परा समान नभएको बताए। 

स्विडेनले अन्तर्राष्ट्रिय शान्ति सेनामा योगदान गर्दछ तर दुई शताब्दीभन्दा अघि नर्वेसँग भएको युद्धपछि कुनै पनि युद्धमा संलग्न भएको छैन । 

सन् २०२२ फेब्रुअरी २२ मा युक्रेनमाथि रुसको आक्रमणले स्विडेन र छिमेकी फिनल्यान्डलाई नाटोमा सामेल हुनका लागि आवेदन दिन प्रेरित गर्यो । यसबाट असंलग्नताको लामो समयदेखि उसको अडान समाप्त भयो । 

सोमबार हङ्गेरीको संसद्ले स्टकहोमको नाटोमा सामेल हुने प्रस्तावलाई अनुमोदन गरेपछि स्विडेनले नाटोको ३२औँ सदस्य बन्ने आफ्नो अन्तिम अवरोधलाई पार गरेको छ । 

प्रकाशित मिति : १५ फाल्गुन २०८०, मंगलबार  ७ : ३० बजे

स्पेनी अदालतको फैसलाले आप्रवासन सङ्कट बढाएको मोरक्कोको दाबी

रबाट– समुद्री मार्गबाट स्पेन प्रवेश गर्ने आप्रवासीलाई तत्काल फिर्ता नगर्न

गृहमन्त्री गुरुङ र मृतक मेहताका परिवारबीच वार्ता सुरु

काठमाडौं– गृहमन्त्री सुधन गुरुङ र उपचारका क्रममा मृत्यु भएका रविन्द्र

कन्सल्टेन्सीको विरोध गरेपनि कार्यान्वयनमा आयो शैक्षिक परामर्श नियमावली

काठमाडौं– सरकारले नयाँ ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा

ग्यास आपूर्ति सहज बनाउने प्रशासनको पहल

भद्रपुर– जिल्ला प्रशासन कार्यालय झापाले खाना पकाउने एलपिजी ग्यासको आपूर्तिमा