पश्चिमले युक्रेनमा सेना पठाए नेटोविरुद्ध युद्ध सुरु गर्ने रुसको चेतावनी | Khabarhub Khabarhub

पश्चिमले युक्रेनमा सेना पठाए नेटोविरुद्ध युद्ध सुरु गर्ने रुसको चेतावनी


१५ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

मस्को – पश्चिमी राष्ट्रहरूले युक्रेनमा सेना पठाउने निर्णय गरेमा रुस र उत्तर एट्लान्टिक सन्धि सङ्गठन (नाटो) बीच प्रत्यक्ष टकराव हुने क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले बताएका छन् ।

पेस्कोभको उक्त टिप्पणी फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले सोमबार पेरिसमा आयोजित सम्मेलनका क्रममा दिएको अभिव्यक्ति पछि आएको हो । सो सम्मेलनमा युरोपेली नेताहरूको समूहले पश्चिमी समर्थनलाई बलियो बनाउने तरिकाहरूबारे छलफल गरेको थियो।

म्याक्रोनले युरोपेली नेताहरू बीच कुनै आधिकारिक सहमति नभए पनि युक्रेनमा सेना पठाउने सम्भावनालाई ‘नकार्नु हुँदैन’ र रुसले चलिरहेको द्वन्द्वमा नजितोस् भन्ने सुनिश्चित गर्न पश्चिमले सबै काम गर्ने बताएका थिए ।

‘यस अवस्थामा हामीले सम्भावनाको बारेमा होइन तर अपरिहार्यता (नेटोसँगको झडपको) बारेमा कुरा गर्न आवश्यक छ ।,’ पेस्कोभले युक्रेनमा नेटो सेनाको सम्भावित तैनाथीको प्रश्नको जवाफ दिँदै भनेका छन्।

यसै बीच थुप्रै देशहरू त्यस्ता कार्यहरूको सम्भावित खतराको मूल्याङ्कन भइरहेको उनले बताए।

प्रकाशित मिति : १५ फाल्गुन २०८०, मंगलबार  ८ : २३ बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग