पश्चिमले युक्रेनमा सेना पठाए नेटोविरुद्ध युद्ध सुरु गर्ने रुसको चेतावनी « Khabarhub

पश्चिमले युक्रेनमा सेना पठाए नेटोविरुद्ध युद्ध सुरु गर्ने रुसको चेतावनी


१५ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

मस्को – पश्चिमी राष्ट्रहरूले युक्रेनमा सेना पठाउने निर्णय गरेमा रुस र उत्तर एट्लान्टिक सन्धि सङ्गठन (नाटो) बीच प्रत्यक्ष टकराव हुने क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले बताएका छन् ।

पेस्कोभको उक्त टिप्पणी फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले सोमबार पेरिसमा आयोजित सम्मेलनका क्रममा दिएको अभिव्यक्ति पछि आएको हो । सो सम्मेलनमा युरोपेली नेताहरूको समूहले पश्चिमी समर्थनलाई बलियो बनाउने तरिकाहरूबारे छलफल गरेको थियो।

म्याक्रोनले युरोपेली नेताहरू बीच कुनै आधिकारिक सहमति नभए पनि युक्रेनमा सेना पठाउने सम्भावनालाई ‘नकार्नु हुँदैन’ र रुसले चलिरहेको द्वन्द्वमा नजितोस् भन्ने सुनिश्चित गर्न पश्चिमले सबै काम गर्ने बताएका थिए ।

‘यस अवस्थामा हामीले सम्भावनाको बारेमा होइन तर अपरिहार्यता (नेटोसँगको झडपको) बारेमा कुरा गर्न आवश्यक छ ।,’ पेस्कोभले युक्रेनमा नेटो सेनाको सम्भावित तैनाथीको प्रश्नको जवाफ दिँदै भनेका छन्।

यसै बीच थुप्रै देशहरू त्यस्ता कार्यहरूको सम्भावित खतराको मूल्याङ्कन भइरहेको उनले बताए।

प्रकाशित मिति : १५ फाल्गुन २०८०, मंगलबार  ८ : २३ बजे

दरवाङमा सडक पुगेको १९ वर्षपछि कालोपत्र

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङ बजारको सडक कालोपत्र गर्न थालिएको

गण्डकीका उत्कृष्ट कृषक सम्मानित

कास्की– गण्डकी प्रदेश सरकारले प्रदेशका सर्वोत्कृष्ट र उत्कृष्ट पाँच जना

रोनाल्डोको नियति: १६ वर्षअघिकै अवस्थामा स्पेनसँग हार्दै विश्वकपबाट बाहिरिए

काठमाडौँ – फुटबल इतिहासकै महान् खेलाडीमध्येका एक क्रिस्टियानो रोनाल्डोका लागि

अमेरिकालाई ४–१ गोलले हराउँदै बेल्जियम क्वार्टरफाइनलमा

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा बेल्जियम क्वार्टरफाइनलमा प्रवेश गरेको

सार्वजनिक लेखासहित तीनवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेका तीनवटा समितिको बैठक आज