संघीयता कार्यान्वयनका लागि कानुन बनाउन सरकार क्रियाशिल छ : मन्त्री खड्का | Khabarhub Khabarhub

संघीयता कार्यान्वयनका लागि कानुन बनाउन सरकार क्रियाशिल छ : मन्त्री खड्का


१५ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले संघीयता कार्यान्वयनका लागि आवश्यक कानुन समयमै नबन्दा विरोधीहरुले प्रश्न गर्ने मौका पाएको बताएका छन् । संविधान जारी भएको आठ वर्षसम्म पनि आवश्यक कानुन नबन्दा संघीयतामाथि प्रश्न गर्नेहरुले मौका पाइरहेको बताउँदै उनले अब चाँडै आवश्यक कानुन बनाएर संघीयता कार्यान्वयनमा लैजान सरकार क्रियाशिल रहेको उल्लेख गरे ।

‘संविधान जारी भएसँगै बन्नुपर्ने आवश्यक कानुनहरु निर्माण नहुँदा प्रदेश र स्थानीय तहले आवश्यक अधिकार प्रयोग गर्न पाएका छैनन् । यहीँ कारण संघीयता, गणतन्त्र र लोकतन्त्रमाथि प्रश्न गर्नेहरुले मौका पाइरहेका छन्’, मंगलबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा कर्णाली एक्सपोको उद्घाटन गर्दै उपप्रधानमन्त्री खड्काले भने, ‘चाँडै कानुन निर्माण गरेर संघीयता कार्यान्वयनका लागि वर्तमान सरकार क्रियाशिल भएर लागेको छ ।’

उनले विगतमा दुई तिहाई मत प्राप्त सरकारले संघीयता कार्यान्वयनमा चुकेको भन्दै वर्तमाान सरकारलाई त्यो छुट नभएको बताए । ‘जनतालाई सेवा दिने र देशलाई समृद्ध बनाउने विषयमा राजनीतिक दलबीच मतभेद छैन्, सबैको लक्ष्य एउटै हो’, उनले भने ।

उपप्रधानमन्त्री खड्काले प्रहरी समायोजनको प्रक्रिया अघि बढिसकेको बताउँदै चाँडै यसले पूर्णता पाउने समेत उल्लेख गरे । उनले निजामति सेवा ऐन संशोधनको प्रक्रियामा पनि रहेको साथै हिउँदे अधिवेशनमा संघीयतासँग जोडिएका अधिकांश कानुनहरु संसदमा दर्ता गर्ने गरेर सरकारले कानुनहरु निर्माण गरिरहेको बताए।

उपप्रधानमन्त्री खड्काले मुलुकको अर्थतन्त्रमा सुधारका संकेतहरु आउन थालेको बताए । उनले कोरोना महामारी, रुस–युक्रेन युद्धका कारण देशका अर्थतन्त्रमा ठूलो प्रभाव परेको बताउँदै अहिले अर्थतन्त्रमा सुधार हुँदै गएको उल्लेख गरे । ‘अर्थतन्त्रमा परेका नकारात्मक असरहरुलाई सुधार गर्दै लगेका छौं, केही बाह्य सुचकांकमा सुधार आएको छ’, उनले भने, ‘अर्थतन्त्र विस्तारै लयमा आउँदैछ ।’

उनले निजी क्षेत्रका सुझावका आधारमा मौद्रिक नीति सरकारले परिवर्तन गरेको बताउँदै सरकारले गरेका सुधारका प्रयासहरुको पनि कुरा उठाइदिन आग्रह गरे ।

उपप्रधानमन्त्री खड्काले वन र भूमि ऐनका कारण विकास–निर्माणमा बाधा उत्पन्न भएको बताउँदै दुबै ऐन संशोधनको प्रक्रियामा रहेको बताए । उनले बजेट बिनियोजन भए पनि रुख कटानी र भूमि प्राप्तिमा हुने समस्याका कारण कार्यान्वयन नहुने अवस्था विद्यमान रहेको बताउँदै यसले पनि अर्थतन्त्रमा असर पुगेको बताए ।

प्रकाशित मिति : १५ फाल्गुन २०८०, मंगलबार  ८ : ३८ बजे

जर्मनीलाई हराउँदै स्पेन युरोकपको सेमिफाइनलमा

काठमाडौं – स्पेन १७ औँ संस्करणको युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश

कल्भर्ट भत्किँदा च्यापिएर एकजनाको मृत्यु

जुम्ला – यहाँको पातारासी गाउँपालिका–१ स्थित डलिगाड ठूलो खोलामा पुरानो

स्पेनविरुद्ध जर्मनी : गोलरहित बराबरीमा सकियो पहिलो हाफ

काठमाडौं – जर्मनीमा जारी १७औँ संस्करणको युरोकप अन्तर्गतको पहिलो क्वाटरफाइनल

अब बन्ने सरकारलाई असफल हुने छुट छैन : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

लेनदेन बिगो मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं – जिल्ला प्रहरी परिसर काठमाडौं फैसला कार्यान्वयन अन्तर्गत लेनदेन