एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कृत्रिम बौद्धिकता (एआई) प्रविधिको विकासमा अवरोध पुग्ने खालका नियम बनाउन नहुने बताएका छन् । उनले एआईलाई सकारात्मक प्रविधिका रूपमा व्याख्या गर्दै यसको विकासलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिएका छन् ।
एपेक (एसिया प्रशान्त आर्थिक सहयोग) सम्मेलनमा सम्बोधन गर्दै ट्रम्पले एआई उद्योगको विकास रोक्ने खालका नियमनको विरोध गरेका हुन् । एआई प्रविधि लगभग पूर्ण रूपमा सकारात्मक रहेको उनको भनाइ थियो ।
सम्मेलनका क्रममा ट्रम्पले चीन र रुससँगको सम्बन्धबारे पनि धारणा राखेका छन् । चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग आफ्नो सम्बन्ध राम्रो रहेको दाबी गर्दै उनले दुवै नेताले आफूलाई मन पराउने बताएका छन् ।
सी र पुटिनसँग त्रिपक्षीय शिखर बैठक हुनुअघि ट्रम्पले यस्तो धारणा सार्वजनिक गरेका हुन् । उनले अमेरिका लामो समयदेखि प्रशान्त क्षेत्रको शक्तिका रूपमा रहँदै आएको उल्लेख गर्दै यस क्षेत्रमा विकास, स्थायित्व, सार्वभौमिकता, समृद्धि र शान्ति प्रवर्द्धनका लागि काम गरिरहने बताए ।
‘हाम्रा सम्बन्ध निकै बलिया रहेका छन्’, ट्रम्पले सम्मेलनमा भने ।
उनले अमेरिकी अर्थतन्त्रको अवस्थाबारे पनि दाबी गर्दै अहिले अमेरिका विगतको तुलनामा सबैभन्दा बढी आर्थिक रूपमा फस्टाइरहेको बताए ।
यसैबीच, सम्मेलनमा चिनियाँ राष्ट्रपति सी जिनपिङले सम्बोधन गरिरहँदा ट्रम्पका आँखा बन्द देखिएको दृश्यले पनि ध्यान खिचेको छ । सोही क्रममा रुसी राष्ट्रपति पुटिन भने केही पढ्दै गरेको अवस्थामा देखिएका थिए ।














प्रतिक्रिया