न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपाल सम्बन्धी प्रदर्शनी हुँदै « Khabarhub

न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपाल सम्बन्धी प्रदर्शनी हुँदै


१४ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

न्यूयोर्क– अमेरिकाको न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रवर्द्धनका लागि प्रदर्शनी हुने भएको छ ।

प्रदर्शनीमा नेपाली कलाकृति, पर्यटकीय गन्तव्य र नेपालको पहिचान झल्काउने तस्वीर तथा वस्तुहरू समावेश गरिने जनाइएको छ ।

राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि तथा राजदूत लोकबहादुर थापा र न्यूयोर्कका पर्यटन प्रवर्द्धक गोकुल श्रेष्ठबीच भएको सहमतिअनुसार प्रदर्शन हुन लागेको हो ।

न्युयोर्कस्थित नेपाली स्थायी नियोगमा भएको द्विपक्षीय बैठकले संयुक्त राष्ट्रसंघको मुख्यालयमा हुन लागेको प्रदर्शनी अर्थपूर्ण र परिणाममुखी हुने निष्कर्ष समेत निकालेको छ ।

राजदूत थापाको पहलमा प्रदर्शनको तयारी भएको हो । थापाले नेपालको पर्यटन प्रवर्द्धनका लागि पर्यटन प्रवर्द्धक श्रेष्ठसँग सहकार्य गरेर अगाडि बढ्ने बताएका छन् ।

प्रकाशित मिति : १४ चैत्र २०८०, बुधबार  ६ : ५१ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह